सन्तोषकुमार गुप्ता । भदौ, २९ दाङ । नेकपा एमालेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । भदौ, २९ दाङ । नेकपा एमालेक"/>
२८ मंसिर २०८२, शनिबार
दाङ्ग - DNG

नेकपा एमालेका उप—महासचिव तथा पूर्व अर्थमन्त्री पौडेल दाङमा

२९ भाद्र २०७३, बुधबार ०२:४६

सन्तोषकुमार गुप्ता । भदौ, २९ दाङ । नेकपा एमालेका उप–महासचिव तथा पूर्व अर्थ मन्त्री विष्णु पौडेल दाङ आएका छन् । बिगतका केही महिना यता एमाले दाङमा देखिएको विवाद समाधान गर्न पौडेल मंगलबार दाङ आएका हुन् । प्रदेश नम्बर ५ का संयोजक समेत रहेका पौडेलले मंगलबार नेकपा एमालेका पोलिटव्युरो सदस्य भागवत विश्वासी, राप्ती अञ्चल ईञ्चार्ज खेममान खड्का, दाङ जिल्ला इञ्चार्ज मेटमणि चौधरी, जिल्ला अध्यक्ष जोगबहादुर राना, जिल्ला सचिव हुकुम बस्नेत, पूर्व जिल्ला अध्यक्ष सहित राष्ट्रिय प्रतिनिधि परिषद सदस्यहरुसँग छुट्टाछुट्टै र सामुहिक भेटघाट तथा छलफल गरेका छन् ।

उक्त अवसरमा बोल्दै संयोजक पौडेलले व्यक्तिगत स्वार्थबाट माथि उठेर पार्टी निर्माणमा लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । नेकपा एमालेको जनलहर देशव्यापीरुपमा बढेको चर्चा गर्दैै उनले दाङमा पनि पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने बताए । पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई विशेष निर्देशन दिँदै नेता पौडेलले व्यक्तिगत र गुटगत स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिए । दाङको पार्टीलाई एकताबद्ध नबनाउँदा सम्म आफू जिल्लामै रहने जानकारी दिँदै उनले भने, ‘पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारले देश र जनताको पक्षमा अत्यन्तै राम्रो काम गरेको छ, जसले गर्दा जनता एमालेको पक्षमा छन्, तपाईहरु सबै एमाले सरकारले गरेको राम्रो कामको प्रचारमा लाग्नुहोस् । यो समय आन्तरिक खिचातानी गर्ने होइन । पार्टी निर्माणमा लाग्नुपर्ने बेला भएकाले तपाईँहरु व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी निर्माणमा लाग्न निर्देशन समेत दिए ।’ अहिलेको संविधान विश्वकै उत्कृष्ट भएको र संविधान निर्माणका लागि एमालेले पहलकदमी लिएकाले संविधान कार्यान्वयनका लागि गाउँगाउँसम्म पनि एमालेले अभियान चलाउनुपर्नेमा जोड दिँदै नेता पौडेलले संविधान कार्यान्वयनका लागि सबैले भुमिका खेल्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ