१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘किशोरीको दुईवटा जन्मदर्ता भेटिएको दाबी’

२५ आश्विन २०७९, मंगलवार ०५:१३

असोज २५, काठमाडौं । नाबालिकमाथि बलात्कार अभियोगमा पक्राउ परेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले सात दिनका लागि म्याद थप गरेको छ ।


१७ वर्षीया एक किशोरीले लामिछानेविरुद्ध बलात्कार अभियोगमा गत २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । लामिछाने त्यतिबेला क्यारेबियन लिग क्रिकेट खेल्नका लागि बाहिर गएका थिए । प्रहरीमा उजुरी परेसँगै लामिछानेलाई पक्राउ गर्नका लागि अदालतसँग अनुमति लिएको थियो । तर, लामो समयसम्म लामिछाने नफर्किएपछि प्रहरीले इन्टरपोल मार्फत पक्राउ गरेर नेपाल ल्याउने तयारी गरिरहेका बेला दसैंको टीकाको भोलिपल्ट नेपाल आएका थिए । उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

काठमाडौँको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोप ति किशोरीले लगाएकी छिन् । २० असोजमा पक्राउ परेका लामिछानेलाई सोमबार जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लगिएको थियो । अदालतमा उपस्थित भएका उनले आफू निर्दोष भएको बताएका छन् । न्यायाधीश समक्ष सन्दिपले आफूले जाहेरवालाकै आग्रहमा भेटेको बताएका छन् ।

सन्दीपले बयानमा आफ्नो चरित्रहत्या भएको र गोपनियता कायम नराखेको भन्दै न्यायाधीश दण्डपाणि नेउपानेसमक्ष गुनासो गरेका थिए । तर, न्यायाधीशले यो विषय र त्यो विषय फरक भएको भन्दै अहिले यो विषय मात्र कुरा गर्न र गोपनियताको विषय अर्कै भएको बताएका थिए ।

सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने ‘इजालास समक्ष सन्दीप लामिछानेले आफू निर्दोष रहेको सम्पूर्ण विवरण प्रस्तुत गर्नु भयो ।’ उनले जाहेरीवालीले १९ वर्षको भएको बताएको सन्दीपले अदालतमा राखेको जानकारी दिए । अधिवक्ता सुधा रिजालले किशोरीको दुईवटा जन्मदर्ता भेटिएको भन्दै सन्दीपलाई फसाउने प्रयास देखिएको बताइन् । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट