१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रभु साहमाथि कारबाहीको तयारी, विष्णु रिजाल भन्छन्- साहजस्ता हरिया सर्पहरूले एक दिन डस्छन्

२५ आश्विन २०७९, मंगलवार ०८:३८

असोज २५, काठमाडौं । एमालेले स्थायी कमिटी सदस्य प्रभु साहमाथि कारबाहीको तयारी थालेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेबाट टिकट लिएर अन्तिममा साहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि कारबाहीको तयारी थालिएको एमालेका एक नेताले जानकारी दिए । उनका अनुुसार साहमाथि कारबाही गर्ने विषयमा पार्टी नेतृत्वभित्र छलफल चलिरहेको छ । 

गत आइतबार मनोनयन दर्ताको दिन अन्तिम समयमा साहले रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । तर, उनले आफूले एमालेबाटै उम्मेदवारी दर्ता गर्ने बताएका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा जानकारी गराएका छन् । 


‘प्रभु साहले षड्यन्त्र गर्नुभयो । ५ बजेसम्म टिकट खल्तीमा राख्नुभयो, उम्मेदवारी दिँदै छु भन्नुभयो, मसँग कुरा भएको थियो । तर, ५ बजे वारिसनामा पठाएर स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गर्नुभयो । यो धोका भयो, बेइमानी भयो,’ ओलीले पत्रकार ऋषि धमलालाई दिएको अन्तर्वार्तामा भनेका छन् । साथै ओलीले साहले संदिग्ध गतिविधि गर्दै आएको सूचना पहिल्यै आए पनि विश्वास नगरेको बताए । 

रौतहटमात्र नभएर मधेस प्रदेशमै एमाले खाली गराउने गरी साहको गतिविधि भइरहेको सूचना सत्य रहेको उम्मेदवारी दर्ताले पुष्टि गरेको भन्दै ओलीले पनि उनीमाथि कारबाही गर्ने संकेत गरेका छन् ।

ओलीले साहबारे सार्वजनिक अभिव्यक्ति दिएपछि एमालेका जिम्मेवार नेताहरूले पनि धारणा सार्वजनिक गर्न थालेका छन् । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले साहलाई हरिया सर्पको संज्ञा दिँदै एक दिन डस्ने भएकाले ध्यान दिनुपर्ने बताएका छन् । 

‘चुनावका बेला अन्तिम घडीमा टिकट नपाएका कारण पार्टी नै छाड्नेहरूका बारेमा थप कुनै टिप्पणी गरिरहन आवश्यक छैन,’ सामाजिक सञ्जाल फेसबुकमा रिजालले लेखेका छन्, ‘तर, एउटा कुरामा हामी सबैले ध्यान दिनैपर्छ- प्रभु साहजस्ता हरिया सर्पहरूले एक न एक दिन डस्छन् । आपराधिक विगत, अस्थिर चरित्र, चरम महत्वाकांक्षा, जातीय संकीर्णता, संदिग्ध क्रियाकलाप र ’रिमोट कन्ट्रोल’बाट चल्नुपर्ने बाध्यताका कारण प्रभु साहले नेकपा (एमाले) लाई धोका दिए पनि मधेसमा नेकपा (एमाले) का पक्षमा आएको जनलहरलाई त्यसले रोक्न सक्नै छैन ।’

चुनावको मुखमा मधेसमा एमालेलाई राजनीति धक्का दिनेगरी प्रभु साहले गतिविधि गरेको भन्दै उनीमाथि कारबाही गर्नुपर्ने दबाब नेतृत्वमाथि बढिरहेको एमाले निकट स्रोतले जानकारी दियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर