१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘धोका’ भएको बताउँदै पीएसजी छाड्ने मुडमा एम्बाप्पे !

२६ आश्विन २०७९, बुधबार ०६:०८

असोज २६, काठमाडौँ | किलियान एम्बाप्पेले ‘धोका’ भएको महसुस गरेको र जनवरीमा पेरिस सेन्ट जर्मेन छाड्न चाहेको फ्रेन्च फुटबल विज्ञ जुलियन लरेन्सले दाबी गरेका छन् । फ्रान्सका फरवार्डले गत मे मा क्लबसँग तीन वर्षको नयाँ करार गरेका थिए । तर, अहिले उनले ‘गल्ती’ गरेको महसुस गरेको लरेन्सको भनाइ छ ।


बीबीसीसँग कुराकानी गर्दै लरेन्सले भने, ‘२०२५ सम्म नयाँ करार गर्दा क्लबले उनलाई बाचा गरेका कुराहरू पुरा नगरेपछि उनले धोका पाएको महसुस गरेका छन् । क्लबले उनलाई नयाँ स्ट्राइकर भित्र्याउने, नेयमारलाई बेच्ने, नयाँ सेन्टर ब्याक किन्ने र उनलाई नयाँ प्रजोक्टको केन्द्रविन्दुमा राख्ने वाचा गरेको थियो । तर, त्यो पुरा नभएको उनको गुनासो छ ।’

‘त्यहाँ तनाव थियो भन्ने हामीलाई थाहा थियो तर अहिले उनले गल्ती गरेको महसुस गरेका छन् र क्लब छाड्न चाहन्छन्,’ उनले थपे । पीएसजी छाडेर उनी रियल मड्रिड जान चाहेको बताइएको छ । तर क्लबमा खेलकुद निर्देशक लुइस क्याम्पोसले भने २३ वर्षीय खेलाडीले कहिले पनि जनवरीमा क्लब छाड्नेबारे कुराकानी नगरेको बताउँछन् ।

यो सिजन पीएसजीका लागि सबै प्रतियोगितामा एम्बाप्पले १२ गोल गरेका छन् । विश्वकप विजेता खेलाडीले पीएसजीमा ११ वटा उपाधि जितेका छन् जसमा चारवटा लिग उपाधि सामेल रहेको छ । उनी सन् २०१७ मा क्लबमा भित्रिएका थिए । शुक्रबार मात्र उनी लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई उछिन्दै फोर्ब्सको सूचीमा सबैभन्दा धेरै आम्दानी गर्ने फुटबल खेलाडी बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट