भदौ २९, खोटाङ । राजनीतिक दलबीच सहमति नजुटेपछि खोटाङमा स्थानीय तहको तीन किसिमको खाका तयार पारिएको छ । लामो समयसम्म राजनीतिक दलले गरेको छलफल र प्रयास असफल भएपछि स्थानीय तहको प्रस्तावित सङ्ख्या १३, १० र ९ को फरक–फरक खाका तयार पारिएको हो । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, खोटाङ । राजनीतिक दलबीच सहमति नजुटेपछि खोटाङमा स्थानीय तहको तीन किसिमको खाका तयार पारिएको छ । लामो समयसम्म राजनीतिक दलले गरेको छलफल र प्रयास असफल भएपछि स्थानीय तहको प्रस्तावित सङ्ख्या १३, १० र ९ को फरक–फरक खाका तयार पारिएको हो । 
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङबाट तीन किसिमको खाका प्रस्ताव

२९ भाद्र २०७३, बुधबार ०५:३३

भदौ २९, खोटाङ । राजनीतिक दलबीच सहमति नजुटेपछि खोटाङमा स्थानीय तहको तीन किसिमको खाका तयार पारिएको छ । लामो समयसम्म राजनीतिक दलले गरेको छलफल र प्रयास असफल भएपछि स्थानीय तहको प्रस्तावित सङ्ख्या १३, १० र ९ को फरक–फरक खाका तयार पारिएको हो । 

जिल्लामा गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगले नौवटा निर्धारण गरेपनि सहमति नजुटेपछि तीनवटा छुट्टाछुट्टै खाका तयार गरिएको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बताउनुभयो । तीनवटै खाकाको नामाङ्कन, सीमाङ्कन र केन्द्र टुङ्गो लगाएर आयोगमा सिफारिस गरिएको पाण्डेले जानकारी दिनुभयो । 

जिल्लामा स्थानीय तहको सङ्ख्या १० वा १३ वटा बनाउन अधिकांश दलको सहमति भएपनि नौवटा बनाइनुपर्ने पक्षमा नेकपा (एमाले) उभिएको छ । एमालेकै हठका कारण तीनवटा खाका तयार गरेर आयोगमा सिफारिस गरिएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पृथ्वी किरातीले बताउनुभयो । 

स्थानीय तहको सङ्ख्या नौवटा बनाउने प्रस्तावअनुसार दुर्छिम केन्द्र रहनेगरी हलेसी–तुवाचुङ नगरपालिका, महुरे नुनथला केन्द्र रहनेगरी महुरेगढी नगरपालिका, ऐँसेलुखर्क केन्द्र रहनेगरी रावाथुम गाउँपालिका, बाक्सिला केन्द्र रहनेगरी केपिलासगढी गाउँपालिका, दिक्तेल केन्द्र रहनेगरी दिक्तेल नगरपालिका, मात्तिम मानेभञ्ज्याङ केन्द्र रहनेगरी साकेला गाउँपालिका प्रस्ताव गरिएको छ । 

यस्तै, पञ्चमीबजार छितापोखरी केन्द्र रहनेगरि दिप्रुङ गाउँपालिका, खोटाङबजार केन्द्र रहनेगरी खोटेहाङ गाउँपालिका तथा चिसापानी केन्द्र रहनेगरी जन्तेढुङ्गा गाउँपालिका प्रस्ताव गरिएको छ । 

स्थानीय तह १० वटा रहने खाकामा दुर्छिम केन्द्र रहनेगरी हलेसी–तुवाचुङ नगरपालिका, नुनथलाको महुरे केन्द्र रहनेगरी महुरेगढी गाउँपालिका, एँेसेलुखर्क केन्द्र रहनेगरी ऐँसेलुखर्क गाउँपालिका, बाक्सिला केन्द्र रहनेगरी केपिलास गाउँपालिका, दिक्तेल केन्द्र रहनेगरी दिक्तेल नगरपालिका बनाउन प्रस्ताव गरिएको छ । 

यस्तै, मानेभञ्ज्याङ केन्द्र रहनेगरी साकेला गाउँपालिका, पञ्चमीबजार सछितापोखरी केन्द्र रहनेगरी दिप्रुङ गाउँपालिका, खोटाङबजार केन्द्र रहनेगरी खोटेहाङ गाउँपालिका, सिन्ताङ साउनेचौर केन्द्र रहनेगरी बाराहपोखरी गाउँपालिका तथा चिसापानी केन्द्र रहनेगरी जन्तेढुङ्गा गाउँपालिका सिफारिस गरिएको प्राविधिक सहयोग समितिले जनाएको छ । 

यसैगरी, स्थानीय तह १३ वटा बनाउन गरिएको प्रस्तावमा दुर्छिम केन्द्र रहनेगरी हलेसी–तुवाचुङ नगरपालिका, बुइपा केन्द्र रहनेगरी महुरेथुम गाउँपालिका, कुभिण्डेको हरमटार केन्द्र रहनेगरी रावा गाउँपालिका, ऐँसेलुखर्क केन्द्र रहनेगरी एँेसेलुखर्क गाउँपालिका प्रस्ताव गरिएको छ । 

यस्तै, बाक्सिला केन्द्र रहनेगरी केपिलास गाउँपालिका, पाथेका केन्द्र रहनेगरी मेरुङ गाउँपालिका, दिक्तेल केन्द्र रहनेगरी दिक्तेल नगरपालिका, मात्तिम मानेभञ्ज्याङ केन्द्र रहनेगरी साकेला गाउँपालिका, पञ्चमीबजार स–छितापोखरी केन्द्र रहनेगरी दिप्रुङ गाउँपालिका, सिम्पानी केन्द्र रहनेगरी सिम्पानी गाउँपालिका, खोटाङबजार केन्द्र रहनेगरी खोटाङ गाउँपालिका, सिन्ताङ साउनेचौर केन्द्र रहनेगरी बाराहपोखरी गाउँपालिका र चिसापानी केन्द्र रहनेगरी जन्तेडुङ्गा गाउँपालिका सिफारिस गरिएको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य