१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हातले अंगुर खुवाउने जागिर, मनग्गे तलब, रक्सी फ्री

२६ आश्विन २०७९, बुधबार ०८:५३

असोज २६, काठमाडौं । एजेन्सी | एउटा चर्चित रेष्टुरेन्टमा जागिरको लागि विज्ञापन खुलेको छ । रेष्टुरेन्ट यस्ता कर्मचारीको खोजीमा छ जसले ग्राहकलाई आफ्नै हातले अंगुर खुवाउनेछन् । हो, उक्त रेष्टुरेन्टले अंगुर खुवाउने कर्मचारी अर्थात् Grape Feeder  को पदमा विज्ञापन खोलेको छ । रेष्टुरेन्टले यस विषयमा पत्रिकामै विज्ञापन छपाएको छ ।


बेलायती पत्रिका द मिररका अनुसार लण्डनमा रहेको बाच्चानालिया नामक रेष्टुरेन्टमा अंगुर खुवाउने कर्मचारीको लागि विज्ञापन खुलेको हो । ब्रिटिस बिजनेस टाइकुन रिचार्ड केयरिङ उक्त रेष्टुरेन्ट चेनका मालिक हुन् ।

हालै Grape Feeder पदका लागि कर्मचारीको खोजी गर्दै उक्त रेष्टुरेन्टले पत्रिकामै विज्ञापन प्रकाशित गरेको छ । अंगुर खुवाउने पदमा काम गर्न इच्छुक उम्मेदवारले रेष्टुरेन्टमा सम्पर्क गर्नुपर्ने व्यहोरा विज्ञापनमा उल्लेख छ ।

यद्यपि उक्त जागिरका लागि केही शर्तहरु पनि छन् । त्यस्ता शर्तहरु पूरा गर्ने व्यक्तिले मात्रै जागिर पाउँदछ । जस्तै– आवेदकका हात सुन्दर हुनुपर्नेछ र युनानी तथा ल्याटिन इतिहास तथा भाषाको आधारभूत ज्ञान पनि हुनुपर्नेछ ।

विज्ञापन अनुसार छनोट हुने उम्मेदवारले जागिर सुरु गरेसँगै तलबका अतिरिक्त भत्ता पनि उपलब्ध गराइनेछ । कर्मचारीका लागि नियमित रुपमा हात तथा औंलाहरुको कस्मेटिक उपचार अर्थात् मेनिक्योरका साथै उत्कृष्ट भोजन तथा मदिरा पनि निःशुल्क रुपमा उपलब्ध गराइनेछ ।

अंगुर खुवाउने जागिरमा भर्ना हुने कर्मचारीले रेष्टुरेन्टमा आउने ग्राहकहरुलाई आफ्नै हातले अंगुर खुवाउनु पर्नेछ । यसका साथै डिनर गर्न आएका ग्राहकहरुलाई प्राचीन रोम तथा ग्रीसका गौरवशाली दिनहरुका बारेमा याद दिलाउनुपर्नेछ । यो भव्यता तथा विलासिताको मिश्रण हुनेछ ।

उक्त रेष्टुरेन्टको विज्ञापन सोसल मिडियामा भाइरल बनिरहेको छ । कतिपयले त्यसलाई सामन्ती शैली भनेर टिप्पणी गरेका छन् भने कतिपयले रेष्टुरेन्टको उक्त व्यवसायिक आइडियाको प्रशंसा पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट