१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवौं राष्ट्रिय खेलकुदः न खेलाडीलाई जर्सी, न खेल्ने मैदान

२७ आश्विन २०७९, बिहीबार ०७:१०

असोज २७, पोखरा | नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबारदेखि हक्की खेल सुरु गर्ने तालिका थियो । तर खेल्ने मैदान नै टुंगिएन । जसकारण खेल स्थगित भएको छ ।

बिहीबार हुने खेलको मैदान बुधबारदेखि तयारी थालियो । आवश्यक व्यवस्थापन समयमा पूरा नभएपछि बिहान ७ बजे गर्ने भनिएको महिला हक्कीको खेल अनिश्चित भयो । आजै ९ बजे सुरु गर्ने भनिएको खेल खेलाडीले जर्सी नपाएर पुनः १ बजेसम्मका लागि स्थगित गरिएको छ । ‘अहिलेसम्म खेलाडीले जर्सी पाएका छैनन् । जर्सी पाएपछि मात्रै खेलाडी मैदान जान्छन्,’ नेपाल हक्की एसोसिएसनका निर्देशक अशिम श्रेष्ठले भने, ‘खेलकुद निकै फितलो भइरहेको छ । व्यवस्थापन चुस्त छैन ।’


हक्की मात्रै होइन, फेन्सिङ खेलको पनि उस्तै दुर्दशा भयो । सोमबारदेखि सुरु भएको फेन्सिङ खेल सामग्री समयमा नपाएकै कारण प्रभावित भयो । पोखरा रंगशाला परिसरभित्रको ब्याड्मिन्टन हलमा सोमबारबाट फेन्सिङको प्रतियोगिता अत्यन्तै अस्तव्यस्त रूपमा सुरु भयो ।

बिहानै गर्ने भनिएको प्रतियोगिता खेलाउने ठाउँ नपाएर ढिलो गरी सन्चालन गरिएको थियो । ‘ब्याड्मिन्टनको हलमा प्रतियोगिता गर्न भनियो । न ब्यानर छ, न खेलाडीलाई सामग्री छ,’ फेन्सिङ संघका पदाधिकारीले भने, ‘मिनेटैपिच्छे बत्ती गयो । जेनेरेटर पनि छैन ।’ शुक्रबारदेखि नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन हुँदै छ । तर अधिकांश खेलकुदका लागि सामग्री पाएका छैनन् । खेलाडीले  खेल्ने ठाउँ र जर्सीसमेत पाउन नसकेको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर