२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई पूर्व सहकर्मीको टक्कर

२७ आश्विन २०७९, बिहीबार १२:०७

असोज २७, धादिङ | धादिङ–१ मा पूर्व सहकर्मीहरुबीच चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ। एमालेका भूमि त्रिपाठी र मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डे पूर्व सहकर्मी हुन् । हाल तिनै दुई पूर्व सहकर्मी चुनावी मैदानमा उत्रिएका छन् । त्रिपाठी एक्लै चुनावी मैदानमा छन् भने पाण्डेलाई सत्ता गठबन्धनका समर्थन छ । 


सोही निर्वाचन क्षेत्रबाट जनता समाजवादी पार्टी, नेपालले नोरमान तामाङ, नेपाल मजदुर किसान पार्टीले विश्व अम्मर महर्जन, मंगोल नेशनल अर्गनाइजेसनले सुमन तामाङ, जन समाजवादी पार्टी नेपालले  पुष्कर सेडाई, राष्ट्रिय स्वतन्त्र पार्टीले  हिमेश पन्तलाई उम्मेदवार बनाएको छ । 

यस्तै स्वतन्त्रबाट दिल बहादुर घले, अर्जुन तिमल्सिना, उत्तम राज शर्मा(कँडेल), प्रदिप श्रेष्ठ,  प्रमोद उप्रेती, जनक भट्टराई र ऋषि खतिवडा उम्मेदवार छन् ।  यस्तै धादिङ २  मा एमालेले खेम प्रसाद लोहनीलाई उम्मेदवार बनाएको छ भने नेपाली काँग्रेसबाट रामनाथ अधिकारी उम्मेदवार छन् । 

यसैगरी जनता समाजवादी पार्टी, नेपालले मेकरमान तामाङ, मंगोल नेशनल अर्गनाइजेसनले धन माया तामाङ, नेपाली कांग्रेस (बीपी) ले शंकर दर्जी, राष्ट्रिय स्वतन्त्र पार्टीले वसुमाया तामाङलाई उम्मेदवार बनाउँदा स्वतन्त्रबाट रुद्रबहादुर गेलाङ मगर, सरोज बुढाथोकी, संजय दुवाडी, टिकानिधि काप्री,  बाबुकृष्ण श्रेष्ठ, रमेश पौडेल, हरिप्रसाद घिमिरे र  दुर्गाकुमार शाक्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ