२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘प्रधानमन्त्री ज्यू, घर फर्कने वातावरण मिलाइदिनुस्’

२९ भाद्र २०७३, बुधबार ०६:४६

भदौ २९, दमक । भूटानी शरणार्थी स्वदेश फिर्ती प्रतिनिधि समितिका अध्यक्ष डाक्टर भम्पा राईले नेपालका प्रधानमन्त्री पुष्पकमल दहालले भारत भ्रमणको क्रममा भुटानीहरुको स्वदेश फिर्तीको मुद्धालाई उठाउनु पर्ने बताएका छन् ।  

नेपाली भाषी भुटानीहरुलाई शरणार्थी बनाउन भारतले ठूलो षडयन्त्र गरेको भन्दै उनीहरुले स्वदेश फिर्तीको मुद्धालाई भ्रमणका क्रममा उठाइदिन प्रधानमन्त्रीलाई  आग्रह गरे । 

मंगलबार  झापाको दमकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राईले भारतको समन्वयमा मात्र आफूहरु स्वदेश फर्कन सक्ने भएकाले शरणार्थीको समस्यामा नेपाल सरकारले पहल गर्नुपर्ने बताए । 

अन्तर्राष्ट्रिय कानुन अनुसार स्वदेश फिर्तीले प्राथमिकता पाउनु पर्ने बताउदैँ उनले भने, ‘स्वदेश फिर्तीको आशमा पुनर्वास नभइ बसेका झापाको दमक र मोरङ्गको पथरीशनिश्चरेमा रहेका करिब १४ हजार शरणार्थीलाई अब तत्काल भुटान फर्काउनुपर्छ ।’

उनका अनुसार घर फर्कने आशा मरिसकेपछि निरुत्साहित भएर करिब १ लाख बढी शरणार्थी तेश्रो मुलुक गएका छन् ।  पूनर्वासले शरणार्थीमा ठूलो विचलन ल्याएको उनको भनाइ छ । कार्यक्रममा बोल्दै नेपाल मानव अधिकार संगठनका केन्द्रिय महासचिव डा. केपी सुवेदीले शरणार्थी पनि मान्छे भएका कारण उनीहरुले पनि आफ्नो इच्छा अनुसार अफ्नै देशमा बस्न पाउनु पर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य