2026-06-25 10:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘स्वास्थ्य शिक्षाका विसङ्गति अन्त्य गर्न सरकार क्रियाशील’

भदौ २९, काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकमा देखिएका स्वास्थ्य क्षेत्रका विकृति र विसङ्गति अन्त्य गर्न सरकार क्रियाशील भएको बताउनुभएको छ । 

आज नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको अत्याधुनिक तथा सङ्क्रमणरहित प्रविधिबाट निर्माण भएको ‘लुन–गङ्गा अपरेटिङ सुइट्स’ को उद्घाटन गर्दै मन्त्री महराले स्वास्थ्य क्षेत्रको विकासको लागि नीतिगत सुधार गर्नेतर्फ सरकार लागेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, “अहिले स्वास्थ्य क्षेत्रमा निकै विकृति आएको छ । जनताले पाउने स्वास्थ्य सेवाप्रति सन्तुष्ट हुने अवस्था छैन । यसको सुधारको लागि सङ्गठनात्मक संरचनामा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ । यसका लागि सरकार गम्भीर छ ।” 

नर्भिकले सुरु गरेको अन्तर्राष्ट्रिय स्तरको शल्यक्रिया सेवाले नेपालका मात्र नभई बाहिरी देशका बिरामी पनि लाभान्वित हुने मन्त्री महराले विश्वास व्यक्त गर्नुभयो । 

अस्पतालका अध्यक्ष वसन्त चौधरीले अस्पतालले निकट भविष्यमा विश्वस्तरीय प्रविधि प्रयोग गरी २०० श्ययाको भवन, १०० श्ययाको क्यान्सर उपचारको लागि अत्याधुनिक सुविधा सम्पन्न भवन यसै वर्षदेखि सुरु गर्ने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “हामीले आम नेपालीले आफ्नै घरदैलोमा विश्वस्तरीय उपचार पाउनुपर्ने अवधारणासहित अस्पतालले दुई महिनामा आइभिएफ सेन्टर र हेमोडाइलासिस सेन्टर सुरु गर्नेछौँ ।” 

सरकारले स्वास्थ्यका अत्याधुनिक प्रविधि भित्र्याउँदा लगाउने करले उपचारलाई महँगो बनाएकाले यस्तो करको छुट हुनुपर्ने माग गर्नुभयो । 

आगामी साताबाट सेवा सुचारु हुने बताइएको शल्यक्रिया कक्षलाई विशिष्ट स्तरको मोडुलर शल्यक्रिया सुइट्सको रुपमा रुपान्तरित गरेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले बताउनुभयो । 

उक्त कक्षमा तीनवटा शल्यक्रिया कक्ष अत्याधुनिक सुविधा सम्पन्न, व्यवस्थित र जीवाणुरहित निर्माण गरिएको र शल्यक्रिया नयाँ मापदण्डअनुसार अन्तर्राष्ट्रियस्तरको हुने सिंहले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “हामीले बनाएको शल्यक्रिया कक्ष युरोपियन युनियनको मापदण्डअनुसारको छ । त्यहाँ प्रयोग गरिएको हरेक सामग्री र प्रविधि जेआइसीको मापदण्डअनुसारको प्रयोग गरेका छौँ । यसले राम्रो र स्तरीय सेवाको लागि विदेश धाउनुपर्ने अवस्थालाई अन्त्य गर्नेछ भन्ने विश्वास लिएका छौँ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ