भदौ २९, नुवाकोट । नेपाली कग्रेसको भातृ सगठन नेपाल तरुण दलको ३ बट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २९, नुवाकोट । नेपाली कग्रेसको भातृ सगठन नेपाल तरुण दलको ३ बट"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

तरुणदल नुवाकोटको सचिबमा गिरी भिड्दै

२९ भाद्र २०७३, बुधबार ०७:१३


भदौ २९, नुवाकोट । नेपाली कग्रेसको भातृ सगठन नेपाल तरुण दलको ३ बटै क्षेत्रको अबिधेशन सम्पन्न भएसगै आन्तरीक किचलोका बिच बिहीबार जिल्ला अबिधेशन हुने भएको छ । 

पार्टीका पुर्बउपसभापती गोपालमान श्रेष्ठले बट्टारको कबर्डहलमा उद्घाटन गर्नेछन् । बिहीबार हुने अबिधेशनमा अहिलेसम्म सभापतीमा करीब आधा दर्जनको हाराहारीमा उम्मेद्धारको हल्ला चलेपनी के.सि र महत खेमामा गरी ४ दाबेदार देखिएका छन् । 

प्रमुख दाबेदार मध्ये केन्द्रीय सदस्य एब सासद बहादुर सिह लामा निकटका सिहराज लामा, परराष्टमन्त्री एब केन्द्रीय सदस्य डा.प्रकाशशरण महत निकटका राजु कडेल र माधबराज अधिकारी र लामो समय पुर्ब अर्थमन्त्री डा रामशरण महत निकट रहि काम गरेका शंकर प्याकुरेल अन्तीम समयमा आएर के.सी पक्षको  सर्बसम्मत उम्मेद्धार बन्ने पक्कापक्की भएको सा्रेतले जानकारी  जानकारी दिएको छ । 

त्यस्तै सभापतीमा डा.प्रकाशशरण महत पक्षलाइ सघाउने र आफ्नो बलीयो दाबेदार नभएको डा.रामशरण महत पक्षबाट भने सुवन गिरी सर्बसम्मत उम्मेद्धार बन्दै छन्, उनि दुबै महत पक्षको उम्मेद्धार बन्ने निश्चीत छ ।

 यसअघि तरुण दल क्षेत्र नं २ को सभापती को दाबेदार भएका अनि डा. रामशरण महत पक्षबाट जिल्ला सचिबको  कोटा शुरक्षीत गर्दे शरण घलेलाइ छोडेका थिए । धेरै समय मिती तोकीदै आन्तरीक किचलो ब्यहोर्दै आएको तरुणदलको नुवाकोट अधिबेशन नजिकीदै जांदा कग्रेस समर्थीत युवाहरुमा यसको प्रभाव बढ्दो छ । 

अन्य भातृसगठन का साथै पार्टीको अबिधेशनमा जस्तै महत र के.सि गरी २ कित्तामा देखिएको कग्रेस तरुणदलको अबिधेशन यसपाली को तरुण दलको अबिधेशनमा भने बहादुरसिह लामा पक्षकोपनि उमेद्धवार मैदानमा उत्रने प्रष्ट छ ।

नुवाकोटका अधिकांस नेताहरुको भनाइलाइ आधार मान्ने हो भने पार्टीका हरेक कार्यक्रममा कृयाशिलता का साथै लोकप्रीय र आम तरुणहरुलाइ समेट्न सक्ने क्षमता र भावना भएका युवा नेतृत्वमा आउनुपर्ने बुझाइ छ । 

अध्यक्षको प्रबल दाबेदारको रुपमा महत खेमाकै  प्रतिश्पर्धी अग्रपंक्तीमा देखिएपनी सचिबमा भने गिरी अग्रपक्तीमा छन् ।  गीरी सबिधान सभा निर्बाचन ६४ र ७० मा पार्टीका उमेद्धवार डा.रामशरण महतलाई बिजयी गराउन सकृयताका लागेका गिरी पार्टीमा  बिगत लामो समय देखि पार्टीका हरेक आन्दोलन र कार्यक्रमहरुमा सकृय सहभागीता जनाउदै गर्दा उनि माथी २०७० साल भदौमा माओबादी आक्रमण भएको थियो । 

आक्रमण मा परी सख्त घाईते भएका उनि २० दिन अस्पताल भर्ना भएका थिए । गीरी यातायात ब्याबसायी समेत हुन उनि माउन्ट एभरेष्ट यातायात ब्याबसायी समितीका उपाध्यक्ष समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट