१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीमा बन्धकमा परेका पुरुषलाई प्रहरी उद्धार गर्न जाँदा झडप, ६ प्रहरी घाइते

३० आश्विन २०७९, आईतवार ०५:३३

असोज ३०, सर्लाही। सर्लाहीमा बन्धकमा परेका एकजना पुरुषलाई प्रहरीले उद्धार गर्न जाँदा झडप भएको छ।

शनिबार सर्लाहीको चन्द्रनगर गाउँपालिका २ बबरगञ्जस्थित झडप हुँदा ६ जना प्रहरी घाइते भएका छन् भने ३ राउड अश्रुग्यास प्रहार गरिएको छ।

स्थानीय धर्मेन्द्र साहको २० वर्षीया छोरी र भक्ती यादवका २२ वर्षीय छोरा असोज १३ गते फरार भएको विषयलाई लिएर केटी पक्षले केटाको काका ६२ वर्षीय गणेश रायलाई कुश्वाहा धर्मशाला बबरगञ्जमा बन्धक बनाइराखेका थिए।

बन्धक बनाइएको खबर पाएपछि उनलाई उद्धार गर्न जाँदा झडप भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।

रायलाई प्रहरीको टोली उद्धार गर्न जाँदा करिब २५०/३०० जना मानिसहरू जम्मा भई प्रहरीमाथि ढुंगामुढा प्रहार गरी नम्बर नखुलेको अपाचे मोटरसाइकलमा आगजनी गरेका थिए। सोही झडपलाई नियन्त्रणमा लिन खोज्दा ६ जना प्रहरी घाइते भएको प्रवक्ता यादवले बताए।

प्रहरीले ढुंगामुढा गर्ने १५ जनालाई नियन्त्रणमा लिएपनि पछि ८ जनालाई छाडेको र ७ जनालाई नियन्त्रणमा राखी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड