2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीमा बन्धकमा परेका पुरुषलाई प्रहरी उद्धार गर्न जाँदा झडप, ६ प्रहरी घाइते

असोज ३०, सर्लाही। सर्लाहीमा बन्धकमा परेका एकजना पुरुषलाई प्रहरीले उद्धार गर्न जाँदा झडप भएको छ।

शनिबार सर्लाहीको चन्द्रनगर गाउँपालिका २ बबरगञ्जस्थित झडप हुँदा ६ जना प्रहरी घाइते भएका छन् भने ३ राउड अश्रुग्यास प्रहार गरिएको छ।

स्थानीय धर्मेन्द्र साहको २० वर्षीया छोरी र भक्ती यादवका २२ वर्षीय छोरा असोज १३ गते फरार भएको विषयलाई लिएर केटी पक्षले केटाको काका ६२ वर्षीय गणेश रायलाई कुश्वाहा धर्मशाला बबरगञ्जमा बन्धक बनाइराखेका थिए।

बन्धक बनाइएको खबर पाएपछि उनलाई उद्धार गर्न जाँदा झडप भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।

रायलाई प्रहरीको टोली उद्धार गर्न जाँदा करिब २५०/३०० जना मानिसहरू जम्मा भई प्रहरीमाथि ढुंगामुढा प्रहार गरी नम्बर नखुलेको अपाचे मोटरसाइकलमा आगजनी गरेका थिए। सोही झडपलाई नियन्त्रणमा लिन खोज्दा ६ जना प्रहरी घाइते भएको प्रवक्ता यादवले बताए।

प्रहरीले ढुंगामुढा गर्ने १५ जनालाई नियन्त्रणमा लिएपनि पछि ८ जनालाई छाडेको र ७ जनालाई नियन्त्रणमा राखी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक