२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

भारतको स्कूल बसमा भेटियो १५ फिटको अजिंगर

३१ आश्विन २०७९, सोमबार ०९:३५

असोज २८, काठमाडौं | भारतको रायबरेलीको एक स्कूल बसमा १५ फिट अग्लो अजिंगर फेला परेको छ । शनिबार साँझ बालबालिकालाई घर पुर्याएर बस, विद्यालय क्याम्पसमा पार्किङ गरिएको थियो । आइतबार बस सफा गर्न पुग्दा चालकले बसको इन्जिन नजिकै अजिंगर फसेको देखे । उनले यसबारे विद्यालय व्यवस्थापनलाई जानकारी गराए । खबर पाएलगत्तै वन विभागको टोलीले उद्धार गरी अजिङ्गरलाई पक्रेर जंगलमा छाडेको थियो ।


बस सफा गर्न जाँदा अजिंगर देखे

बस रायन पब्लिक स्कूलको हो । आइतबार बिदाको दिन भएकाले बस सफा गर्न आएका चालकले बसको गेट खोल्ने बित्तिकै इन्जिन क्याबिनभित्र अजिंगर फसेको देखे । यसको मुखको भाग भित्र थियो, जबकि शरीर बाहिर थियो । उनी त्यहाँबाट डराएर भागे र विद्यालय पुगेर व्यवस्थापनलाई खबर गरे ।

अजिंगर हेर्न भीड

विद्यालय सञ्चालकले जिल्ला प्रशासनलाई जानकारी गराएका थिए । त्यसको केही समयपछि नगर मजिस्ट्रेट पल्लवी मिश्र, सीओ वन्दना सिंह, सिटी कोतवाली इन्चार्ज राघवन सिंह घटनास्थल पुगेका थिए । अधिकारीहरूले वन विभागको टोली बोलाए । यसैबीच अजिंगर हेर्न मानिसको भीड लागेको थियो ।

अजिंगरले आक्रमण गर्न खोज्यो

वन विभागको टोली बोरा आदि लिएर बस भित्र पुग्यो । अजिंगर निकै ठुलो भएकाले डोरीले बाँधेर शरीरको एक भाग तानिएको वन विभागका कर्मचारीले बताए । यता अजिंगर भने भित्र पस्न प्रयास गरिरह्यो । धेरै प्रयासपछि अजिंगर इन्जिनबाट बाहिर आयो । बसभित्र बोरामा भर्न गाह्रो थियो । उसले मुख खोलेर बारम्बार आक्रमण गर्न खोजिरहेको थियो । करिब एक घण्टाको प्रयासपछि उनलाई पक्राउ गरिएको हो । त्यसपछि त्यसलाई जंगलमा छोडियो ।

विद्यालय परिसर वरिपरि खेत छन्

स्थानीय बासिन्दाका अनुसार विद्यालय क्याम्पस वरपर खेतहरू छन् । अजिंगर खेतबारी हुँदै विद्यालय परिसरसम्म पुगेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो