2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीपको बयान : बाध्यताले एउटै कोठामा बसियो, जबरजस्ती गरेको छैन

कात्तिक १, काठमाडौँ | नाबालिक बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछानेसँग सरकारी वकिलको कार्यालयले लिएको बयान सकिएको छ । 

सन्दीपले आफू काठमाडौंको होटलमा पीडित भनिएकी युवतीसँग भदौ ५ गतेको रातिमा सँगै बसेको स्वीकारेका छन् । तर, बलात्कार भने नगरेको बयान उनले दिएको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए ।

उनले घुम्न जाने र बस्ने सबै कुरा पीडित किशोरीको सहमतिमा भएको बयान दिएका छन् । सन्दीपले त्यो दिन होटलमा कोठा नभएकाले एउटै कोठामा बस्नु बाध्यता भएको पनि बताएका छन् ।


सन्दीपलाई नगरकोटको भ्याली भ्यु रिसोर्ट र काठमाडौंको काठमाडौं इन होटलको सीसीटीभी फूटेज देखाएको थियो । फूटेजमा देखिएको व्यक्ति आफू भएको उनले स्वीकारेको प्रहरी स्रोतले बतायो ।

सन्दीपका अधिवक्ताहरूले पीडित भनिएकी युवती २०५९ साल जेठमा जन्मेको र उनको जन्ममिति सम्बन्धी विवरण अलग-अलग भेटिएको दाबी गर्दै आएका छन् ।

सन्दीपको पक्षबाट वकालत गर्न लागेका एक अधिवक्ताका अनुसार पर्सामा ती युवतीको जन्म भएको हो । त्यहाँको अस्पतालमा रहेको तथ्यांकले पनि उनको जन्म पहिल्यै भएको देखाउने उनको दाबी छ । उनको परिवार नुवाकोट बसाइँ सर्दा उल्लेख भएको बसाइसराइ प्रमाणपत्रमा पनि २०५९ जेठ उल्लेख भएको ती अधिवक्ताले बताए ।

‘हामीले पीडित भनिएकी युवती बालिका नभएको पुष्टि हुने २ वटा प्रमाण फेला परेका छौं,’ ती अधिवक्ताले भने, ‘उनको जन्मदर्ता २ वर्ष घटाएर बनाएको देखिएको छ ।’

ती अधिवक्ताका अनुसार पीडित भनिएकी किशोरीको घटाएको जन्मदर्तामा २०६१ असार उल्लेख गरिएको छ । त्यसै आधारमा नागरिकता बनाइएको वकिलहरूले बताएका छन् ।

२३ गते म्याद थप भएपछि अदालतबाट बाहिर निस्कने क्रममा सन्दीप लामिछानेकी अधिवक्ता सुधा रिमालले आफूहरूसँग पीडित भनिएकी किशोरी नाबालिग नभएको प्रमाण रहेको दाबी गरेकी थिइन् ।

प्रहरीले सन्दीप लामिछानेलाई दोस्रोपटक म्याद थपका लागि असोज २७ गते जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । पहिलोपटक असोज २० गतेबाट लागू हुने गरी ७ दिनको म्याद सकिएपछि २७ गते अदालतमा उपस्थित गराएर ५ दिनको म्याद थप गरिएको थियो ।   

भदौ ५ गते १७ वर्षीया किशोरीलाई काठमाडौंको एक होटलमा पटक–पटक बलात्कार गरेको आरोप सन्दीपमाथि छ ।

ती किशोरीले साउन २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । भदौ ६ गते बिहान होटलबाट निस्किएका सन्दीप ७ गते क्रिकेट खेल्न राष्ट्रिय टीमसँगै केन्या गएका थिए ।

केन्यामा खेल सकिएपछि उनी क्यारेबीयन लीग खेल्न वेस्ट इन्डिज गएका थिए । उनी त्यहाँबाट क्यारेबीयन लीग नखेली फर्किएका थिए ।लामो समयसम्म सन्दीप नेपाल नआएपछि इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिएको थियो ।त्यसपछि नेपाल आएका सन्दीपलाई प्रहरीले गत बिहीवार (असोज २० गते) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक