२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्कली दाँत अड्किएर महिलाको मृत्यु

२०७९, ३ कार्तिक बिहीबार ०६:०३

कात्तिक ३, काठमाडौँ | एजेन्सी | ४८ वर्षकी कोलम्बियाकी एक महिलाको नक्कली दाँत अड्किएर मृत्यु भएको छ । कुनै दुर्घटना नहोस् भनेर डाक्टरले सुत्ने बेलामा नक्कली दाँत निकालेर सुत्न सल्लाह दिन्छन् । तर कोलम्बियाको अर्मेनिया क्षेत्रकी ४८ वर्षकी मारिया फारियाज गुजम्यानले डाक्टरको यो सुझावको पालना गरिनन् । अडिटी सेन्ट्रलका अनुसार ती महिलाले आफ्नो नक्कली दाँत लिएर सुत्न गइन् । निदाएका बेला उनको त्यो नक्कली दाँत घाँटीमा गएर अड्कियो । मारियाको परिवारका सदस्यले पछि डाक्टरसँगको कुराकानीमा ती महिलाको कोठाबाट अचम्मको आवाज आइरहेका कारण के भइरहेको छ भनेर हेर्न जाँदा उनको सास रोकिएको देखेको बताए ।

त्यसपछि उनलाई नजिकैको हस्पिटल डेल सर लगियो जहाँ डाक्टरले उनको घाँटीमा अड्किएको वस्तु निकाल्न कोसिस गरे तर उनीहरुको कोसिस विफल भयो । उनलाई डाक्टरले मृत घोषित गरे ।

‘महिलालाई अस्पताल ल्याउँदा उनले कुनै महत्वपूर्ण लक्षण देखाइरहेकी थिइनन् । डाक्टरले उनको श्वासनली खाली गर्ने विभिन्न जुक्ति निकाले तर उनले कुनै पनि प्रतिक्रिया दिइनन्,’ क्विन्डियो प्रहरी विभागका कोरोनेल विलियम अल्बर्टो जुबिटा पारडोले पत्रकारसँगको कुराकानीमा भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन