2026-09-19 01:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रत्यारोपण गर्न झिकिएको दाताको मिर्गौला छाडेर वीर अस्पतालका चिकित्सक हिँडेपछि…

कात्तिक ३, काठमाडौँ | बिरामीलाई प्रत्यारोपण गर्न दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण नगरेपछि वीर अस्पतालमा तनाव भएको छ । मंगलबार धादिङकी ३२ वर्षीय महिलामा  प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला दुई डाक्टरले सम्बन्धित पक्षलाई जानकारी नै नगराइ अलपत्र छाडेर हिँडेको आरोप लागेको हो । 

ती महिलालाई उनकी ५८ वर्षीया सासुले मिर्गौला दिने तयारी गरेकी थिइन् । मिर्गौला प्रत्यारोपणको तयारी सर्जनद्वय डा. पारसमणि नेपाल र डा. अनिल श्रेष्ठले गरेका थिए । निकालिएको मिर्गौला काम नलाग्ने भएको भन्दै नेपाल र श्रेष्ठ बिरामी र बिरामीका आफन्तलाई जानकारी नदिइ अस्पतालबाट हिँडेका हुन् । यस घटनापछि बिरामीका आफन्त आन्दोलित भएका छन् । 

अस्पतालका प्रमुख  डा.भुपेन्द्र बस्नेतले वीरमा भएको घटनालाई पुष्टि गर्दै यसलाई अनपेक्षित घटना भएको प्रतिक्रिया दिए ।  डा.बस्नेतले भने, ‘अनएक्पेटेट कुरा भयो, यस विषयमा किन यस्तो भयो भनेर हामीले छलफल गरिरहेको छौँ । यो प्राविधिक विषय भएकाले यसमा छानविन लागि समिति बनाएका छौं, सो समितिको प्रतिवेदनको आधारमा आगाडि बढ्छौँ’, उनले भने।

यसैबीच घटनाबारे बुझ्न दुवै चिकित्सकलाई बोलाउँदा समेत उनीहरु अस्पतालमा नआएको अस्पताल स्रोत जनाएको छ । उनीहरुलाई प्रमुख डा.बस्नेतले नै अस्पतालमा बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो