कात्तिक ४, बुटवल । अर्घाखाँचीमा दाजुले भीरबाट धेकेलिदिँदा आफ्नै भाइको मृत्यु भएको छ । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्वर १ खलाधारामा पर्ने भीरबाट ७४ वर्षीय हिम बहादुर मालले धेकेल्दा सोही ठाउँका ७० वर्षीय वीर बहादुर गमालको मृत्यु भएको हो ।
कात्तिक २ गते बेलुकी अन्दाजी ७ बजे बृद्ध भत्ता बुझेर फर्किरहेका दाजुभाईबीच लेनदेन सम्बन्धि बिबाद भएको थियो । सोहि विवादको क्रममा हिम बहादुर गमालले भाईलाई भीरबाट धकेलेका थिए ।
प्रहरीले अनुसन्धान गर्दा दाजुले भीरबाट धकेलेको स्वीकारेका छन् । भीरबाट लडेर मृत्यु भएका गमालको शव घटना भएको दिनको भोलिपल्ट कात्तिक ४ गते मात्र फेला परेको थियो ।
घटना घटाएका दाजु हिम बहादुरलाई पक्राउ गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान अगाडि बढाइएको छ ।