१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं महानगरले बुबा-आमाविहीन बालबालिकालाई मासिक भत्ता दिने, आवेदन दिन के-के आवश्यक!

४ कार्तिक २०७९, शुक्रबार ०७:५८

कात्तिक ४, काठमाडौँ | काठमाडौं महानगरपालिका भित्रका असहाय बालबालिकालाई महानगरपालिकाले मासिक वृत्ति प्रदान गर्ने भएको छ । सो प्रयोजनका लागि महानगरले प्रस्ताव आह्वान गरेको छ ।


महानगरपालिकाको सामाजिक विकास विभागले शुक्रबार एक सूचना निकाल्दै यस्तो प्रस्ताव माग गरेको हो । काठमाडौं महानगरपालिका भित्र स्थायी ठेगाना भएको आमा-बुबा दुवै गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषण सुनिश्चित गरी सामाजिक संरक्षण गर्ने उद्देश्यले बुबा र आमा दुवैको मृत्यु भएका वा दुवैको संरक्षण र रेखदेखबाट बन्चित भई अरुको संरक्षणमा बसेका बालबालिकाले यस्तो वृत्ति पाउने छन् ।

महानगरपालिका अनुसार बुबा-आमाविहीन बालबालिका वा निजको संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यक्तिले आफू बसेको वडा कार्यालयमा तोकिएका कागजात लिएर आवेदन दिन सक्नेछन् । शुक्रबारदेखि ३० दिन भित्र यस्तो आवेदन दिन सकिने भएको छ । आवेदन दिँदा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता भए त्यसको प्रतिलिपि), आमा–बुबा दुवैको मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि समेत चाहिने महानगरपालिकाले जनाएको छ । विद्यालय भर्ना भई नियमित विद्यालय जाने गरेको भनी विद्यालयले दिएको सिफारिस पत्र र संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि समेत चाहिने महानगरको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन