कात्तिक ४, काठमाडौँ | यस वर्षको फिफा विश्वकप फुटबल आगामी महिनादेखि कतारमा सुरु हुँदै छ। यसअन्तर्गत हुने खेलहरु नेपाली टेलिभिजनमा पनि प्रसारण गरिने तयारी भइरहेको छ। विश्वकप फुटबल हेर्न थप ५ सय तिर्नुपर्ने सूचना जारी भएको छ।
विगतमा पनि नेपाली टेलिभिजनहरुबाट खेलको प्रत्यक्ष प्रसारण हुने गरेको थियो। तर यो वर्षको प्रसारण केही महँगो हुने निश्चित भएको छ। सब्सक्रिप्सन लिनुपर्ने नयाँ व्यवस्थासँगै नेपालमा उपभोक्ताले खेल हेर्न अतिरिक्त शुल्क पनि तिर्नुपर्ने भएको हो।

नेपालमा आउँदै गरेको विश्वकप खेल प्रसारणको अधिकार यो वर्ष मिडिया हब प्रालिले पाएको छ। अब यसले कुन–कुन टेलिभिजन च्यानलमा प्रसारण गर्न दिने वा नदिने सर्वाधिकार यही कम्पनीसँग छ।
मिडिया हब प्रालिले शुक्रबार थप ५सय तिर्नुपर्ने सूचना जारी गरेको हो। सूचनामा उल्लेख छ, ‘मात्र ५ सय रुपैयाँमा एक्सक्लुसिभ्ली नेपाली च्यानलबाट विश्वकप हेर्नको लागि आफ्नो नजिकको एमएसओ, डीटीएच र डिजिटल केवल अप्रेशनहरुसँग सम्पर्क गर्नुपर्ने छ।
विगतमा विश्वकप फुटबल हेर्न थप शुल्क नलाग्ने भएपनि यो वर्ष नेपलीहरुबाट प्रति सेटअपबक्स ५ सय रुपैयाँ असुल गर्ने वयवस्था गरिएको छ।
विश्व फुटलव महासंघबाट त्यसको प्रसारको अधिकार मिडिया हब प्रालिले ल्याएको हो। प्रसारण भने हिमालयन टेलिभिजनबाट हुने छ। ग्राहकबाट उडाइएको पैसा टेलिभिजन नेटवर्क प्रसारकहरुले ३० प्रतिशत र मिडिया हबले ७० प्रतिशत पाउने छन्।