कात्तिक ५, काठमाडौँ | छठको तयारीका लागि भूवनेश्वरी मन्दिर तथा त्यस आसपास क्षेत्रमा सरसफाइ गरिएको छ । सामुदायिक सेवा केन्द्र कुलेश्वरले आयोजना गरेको कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय समाजसेवीको सहभागिता रहेको थियो । मन्दिर वरपर रहेका फोहर, नदी क्षेत्रमा जम्मा भएका फोहर संकलन गरी व्यवस्थापन गरिएको थियो । करिब डेढ दशकदेखि यस मन्दिर क्षेत्रमा छठ पर्वका दिन व्रतालुले पूजा गर्ने तथा नदीबाट सूर्यलाई अर्घ्य चढाउने गर्दै आएका छन् ।
काठमाडौं महानगरपालिका–१४ का वडाध्यक्ष सुमन श्रेष्ठले मठमन्दिर तथा सम्पदास्थललाई सफा बनाउन स्थानीयवासीको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै मुलुकमा विद्यमान सबै जाति समुदायका फरकफरक संस्कृति तथा पर्वले एकापसमा सद्भाव वृद्धि गरी राष्ट्रिय एकता बलियो बनाउन सहयोग पुग्ने बताए । राससबाट