2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज काग तिहार, किन गरिन्छ पूजा ?

कात्तिक ६, काठमाडौँ | हिन्दू धर्मावलम्बीहरुको महान पर्व बडादशैं सकिएसँगै आजबाट तिहार शुरु भएको छ । तिहारको पहिलो दिनमा यमराजको दूत कागको पूजा गरिन्छ । हिन्दुहरुको महान पर्व शुभ दिपावली अर्थात यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरेर मनाइदैछ । यमराजको दूतको रुपमा हेरिने कागलाई आजको दिन पूजा गर्ने र मिठो मिठो खाने कुरा दिएर पूजा गर्ने चलन रहेको छ ।


कागलाई यमराजको प्रिय भक्तको रुपमा लिइन्छ । साथै कागलाई अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ । यमपञ्चकको पहिलो दिन कागलाई पूजा गरेमा कागले वर्षभरी आफ्नो घरमा अशुभ समाचार लिएर नआउने जनविश्वास रहेको छ । यसर्थ पनि आजको दिन मानिसहरु विहानैदेखि कागको पूजा गर्छन् । नेपाली समाजमा घर वरिपरि काग आएर कराएमा कागले केहि समाचार लिएर आएको भन्ने सोच राख्दछन् । कागको आवाज अनुसार शुभ अशुभ अथवा पाहुन आएको संकेतको रुपमा लिने गरिन्छ । यसरी कागप्रति हेरिने दृष्टिकोणकै कारण आजको दिन कागको पुजा गरिन्छ ।

हिन्दुधर्म अनुसार यमलोकको अधिपति यमराजले पृथ्वी लोकका मानिसहरुको मृत्युको विवरण राख्छन् । उक्त विवरण पृथ्वीलोकमा पुर्याउनका लागि दूतको रुपमा कागले काम गर्ने धार्मिक मान्यता रहेको छ । तसर्थ काग तिहारको दिन कागलाई मिठो मिठो खाने कुरा दिएमा सो घरमा वर्षभरी अशुभ समाचार लिएर जाँदैन भन्ने मान्यता रहिआएको छ ।

आजको दिन कागको लागि दुना टपरीमा विभिन्न खानेकुरा राखेर घर वरिपरि राखिन्छ । साथै कागलाई बोलाएर पनि खुवाइन्छ । काग तिहारको दिन कागको पूजा नगरेमा पाप भोग्नुपर्ने समेत मान्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक