१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज काग तिहार, किन गरिन्छ पूजा ?

६ कार्तिक २०७९, आईतवार ०५:३९

कात्तिक ६, काठमाडौँ | हिन्दू धर्मावलम्बीहरुको महान पर्व बडादशैं सकिएसँगै आजबाट तिहार शुरु भएको छ । तिहारको पहिलो दिनमा यमराजको दूत कागको पूजा गरिन्छ । हिन्दुहरुको महान पर्व शुभ दिपावली अर्थात यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरेर मनाइदैछ । यमराजको दूतको रुपमा हेरिने कागलाई आजको दिन पूजा गर्ने र मिठो मिठो खाने कुरा दिएर पूजा गर्ने चलन रहेको छ ।


कागलाई यमराजको प्रिय भक्तको रुपमा लिइन्छ । साथै कागलाई अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ । यमपञ्चकको पहिलो दिन कागलाई पूजा गरेमा कागले वर्षभरी आफ्नो घरमा अशुभ समाचार लिएर नआउने जनविश्वास रहेको छ । यसर्थ पनि आजको दिन मानिसहरु विहानैदेखि कागको पूजा गर्छन् । नेपाली समाजमा घर वरिपरि काग आएर कराएमा कागले केहि समाचार लिएर आएको भन्ने सोच राख्दछन् । कागको आवाज अनुसार शुभ अशुभ अथवा पाहुन आएको संकेतको रुपमा लिने गरिन्छ । यसरी कागप्रति हेरिने दृष्टिकोणकै कारण आजको दिन कागको पुजा गरिन्छ ।

हिन्दुधर्म अनुसार यमलोकको अधिपति यमराजले पृथ्वी लोकका मानिसहरुको मृत्युको विवरण राख्छन् । उक्त विवरण पृथ्वीलोकमा पुर्याउनका लागि दूतको रुपमा कागले काम गर्ने धार्मिक मान्यता रहेको छ । तसर्थ काग तिहारको दिन कागलाई मिठो मिठो खाने कुरा दिएमा सो घरमा वर्षभरी अशुभ समाचार लिएर जाँदैन भन्ने मान्यता रहिआएको छ ।

आजको दिन कागको लागि दुना टपरीमा विभिन्न खानेकुरा राखेर घर वरिपरि राखिन्छ । साथै कागलाई बोलाएर पनि खुवाइन्छ । काग तिहारको दिन कागको पूजा नगरेमा पाप भोग्नुपर्ने समेत मान्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए