२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

विश्वकै सबैभन्दा ठूलो हिरा लिलामी हुँदै, बालिकाले फोहोरको थुप्रोमा भेटेकी थिइन्

६ कार्तिक २०७९, आईतवार ०७:०३

कात्तिक ६, काठमाडौँ | विश्वको सबैभन्दा ठूलो रंगिन हिराको डिसेम्बरमा लिलामी हुँदैछ । न्युयोर्कमा हुने लिलामीमा सोदबी नामको अक्सन हाउसले यो हिराबाट १५ मिलियन डलर (१ अर्ब ९६ करोड रुपैयाँ) पाउने अनुमान छ । नाशपातीको आकारको यो हिरा विश्वको सबैभन्दा ठूलो पोलिस्ड हिरा हो । यो हिराको नाम गोल्डन केनरी हो र यसको तौल ३०३.१० क्यारेट हो ।

अक्सनका लागि यो हिराको बेस प्राइस एक डलर मात्रै राखिएको छ । यसका लागि कुने पनि रिजर्भ मूल्य छैन । त्यसैले हिराको मूल्य कम्तीमा १५ मिलियन डलरसम्म पुग्नसक्छ ।


यो हिराको इतिहास रोचक छ

यो हिराको इतिहास निकै रोचक छ । बिजनेस टुडेको वेबसाइटमा छापिएको खबर अनुसार सन् १९८० को दशकको सुरुवातमा डेमोक्रेटिक रिपब्लिक कंगोमा एक बालिकाले आफ्नो काको आँगनमा खेलिरहेका बेला फोहोरको थुप्रोमा भेटेकी थिइन् । त्यतिबेला राज्यको स्वामित्व भएको हिरा खानी एमआइबीएका उत्खननकर्ताले यसलाई धेरै भारी र ठूलो भएका कारण फ्याँकेका थिए ।

उत्खननकर्ताले फोहोर ठानेका थिए

उत्खननकर्तालाई थाहै थिएन कि फोहोर ठानिएको यो वस्तु खासमा ९८० क्यारेटको कच्चा हिरा हुनसक्छ । बालिकाले उक्त हिरा भेटेपछि यसलाई आफ्नो काकालाई दिइन् । उनले यसलाई एक स्थानीय हिरा व्यापारीलाई बेचेका थिए ।

हिरालाई पहिलो पटक सन् १९८४ मा अमेरिकामा स्मिथसोनियन नेशनल म्युजियम अफ नेचुरल हिस्ट्रीमा मानिसहरुको अगाडि पेश गरेका थिए । लगभग पाँच वर्षमा कच्चा हिरालाई १५ फिनिस्ड स्टोनमा काटियो । यसमा सबैभन्दा ठूलो फेन्सी गहिरो खैरो–पहेँलो रङको हिराको तौल ४०७.४९ क्यारेट थियो । त्यसपछि यसको रङ र आकारमा सुधार गरियो । यतिबेला यसको तौल कम भयो । यो हिराको फाइनल आकारलाई ‘द गोल्डन केनरी’ नाम दिइयो । पहेँलो रङको हिरा अन्त्यन्त दुलर्भ हो, जुन उत्खनन गरिएका सबै हिराको ०.००६ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो