2026-09-19 12:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय मिडिया गुहार्न निहारिका दिल्लीमा, परिस्थिति आएको खण्डमा दिल्लीमै पनि अनसन बस्ने चेता

कात्तिक ६, काठमाडौँ | आफ्नो माग नेपालमा सुनवाइ नभएको भन्दै ‘कुमारी आमा’ भनेर परिचित निहारिका राजपूत मुद्दा अन्तर्राष्ट्रियकरणका लागि नयाँ दिल्ली पुगेकी छन् । निहारिका पाँच दिनअघि अर्की ‘घरेलु हिंसा पीडित’ बिनु यादवका साथमा दिल्ली गएकी हुन् ।

आफ्नो बच्चा र आरोपीको डीएनए टेस्ट गरिएको दुई महिना बितिसक्दा पनि रिपोर्ट सार्वजनिक नगरिएको र आरोपीलाई सजायबाट उन्मुक्ति दिने चलखेल गरिएको उनको आरोप छ । आफ्नो मुद्दालाई भारतीय लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ल्याएर नेपालको न्यायिक निकायलाई दबाब पुर्‍याउन नयाँ दिल्ली आएको निहारिकाले बताइन् । डीएनए म्याच भएको अवस्थामा पनि अदालतले आफूलाई पूर्ण न्याय नदिने उनको चिन्ता छ । 

निहारिकाले नयाँ दिल्लीबाट नजिकै रहेको नोयडा फिल्म सिटीमा पुगेर केही भारतीय टेलिभिजन च्यानलका पत्रकारहरूसँग आफ्नो मुद्दाबारे जानकारी गराएकी छन् । उनले आजतक, एबीपीन्यूज, न्यूज २४ लगायतलाई आफ्नो मुद्दाको फेहरिस्त दिएको र उनीहरूले अध्ययन गरेर एक हप्ताभित्र रेस्पोन्स गर्ने आश्वासन दिएको  बताइन् ।

‘नेपालका सञ्चारमाध्यमले पनि मलाई साथ दिइरहनुभएको थियो । तर, सरकारले गम्भीर रूपमा नलिएपछि म अन्तर्राष्ट्रिय मिडिया गुहार्न बाध्य भएकी छु,’ दिल्लीबाट निहारिकाले भनिन्, ‘यदि परिस्थिति आएको खण्डमा म नयाँ दिल्लीमै राष्ट्रपति भवन वा संसद् भवन अगाडि पनि अनसन बस्न सक्छु ।’   ‘डीएनए म्याच भइसकेपछि आरोपीलाई बलात्कारमा सजाय दिनुपर्छ भन्ने मेरो माग हो,’ उनले भनिन्, ‘उसले मलाई श्रीमतीको रूपमा स्वीकार्ने वा अंश दिएर पन्छाउने कुरामा म विल्कुल सहमत छैन । त्यो म कुनै हालतमा मान्दिनँ ।’

मधेस प्रदेश सरकारले लामो समयदेखि संघर्षरत निहारिका राजपूतलाई १० लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको थियो । तर, उक्त रकम पनि हालसम्म नपाएको निहारिकाको गुनासो छ ।

अर्की हिंसापीडित बिनु यादवले पनि आफूमाथि हिंसा गर्नेहरू खुल्ला रूपमा हिँडिरहेको भन्दै न्यायको माग गरेकी छन् । उनले पनि आफ्नो मुद्दा अन्तर्राष्ट्रिय मिडियाबाट बाहिर ल्याउने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो