१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय मिडिया गुहार्न निहारिका दिल्लीमा, परिस्थिति आएको खण्डमा दिल्लीमै पनि अनसन बस्ने चेता

६ कार्तिक २०७९, आईतवार ०९:१८

कात्तिक ६, काठमाडौँ | आफ्नो माग नेपालमा सुनवाइ नभएको भन्दै ‘कुमारी आमा’ भनेर परिचित निहारिका राजपूत मुद्दा अन्तर्राष्ट्रियकरणका लागि नयाँ दिल्ली पुगेकी छन् । निहारिका पाँच दिनअघि अर्की ‘घरेलु हिंसा पीडित’ बिनु यादवका साथमा दिल्ली गएकी हुन् ।

आफ्नो बच्चा र आरोपीको डीएनए टेस्ट गरिएको दुई महिना बितिसक्दा पनि रिपोर्ट सार्वजनिक नगरिएको र आरोपीलाई सजायबाट उन्मुक्ति दिने चलखेल गरिएको उनको आरोप छ । आफ्नो मुद्दालाई भारतीय लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ल्याएर नेपालको न्यायिक निकायलाई दबाब पुर्‍याउन नयाँ दिल्ली आएको निहारिकाले बताइन् । डीएनए म्याच भएको अवस्थामा पनि अदालतले आफूलाई पूर्ण न्याय नदिने उनको चिन्ता छ । 


निहारिकाले नयाँ दिल्लीबाट नजिकै रहेको नोयडा फिल्म सिटीमा पुगेर केही भारतीय टेलिभिजन च्यानलका पत्रकारहरूसँग आफ्नो मुद्दाबारे जानकारी गराएकी छन् । उनले आजतक, एबीपीन्यूज, न्यूज २४ लगायतलाई आफ्नो मुद्दाको फेहरिस्त दिएको र उनीहरूले अध्ययन गरेर एक हप्ताभित्र रेस्पोन्स गर्ने आश्वासन दिएको  बताइन् ।

‘नेपालका सञ्चारमाध्यमले पनि मलाई साथ दिइरहनुभएको थियो । तर, सरकारले गम्भीर रूपमा नलिएपछि म अन्तर्राष्ट्रिय मिडिया गुहार्न बाध्य भएकी छु,’ दिल्लीबाट निहारिकाले भनिन्, ‘यदि परिस्थिति आएको खण्डमा म नयाँ दिल्लीमै राष्ट्रपति भवन वा संसद् भवन अगाडि पनि अनसन बस्न सक्छु ।’   ‘डीएनए म्याच भइसकेपछि आरोपीलाई बलात्कारमा सजाय दिनुपर्छ भन्ने मेरो माग हो,’ उनले भनिन्, ‘उसले मलाई श्रीमतीको रूपमा स्वीकार्ने वा अंश दिएर पन्छाउने कुरामा म विल्कुल सहमत छैन । त्यो म कुनै हालतमा मान्दिनँ ।’

मधेस प्रदेश सरकारले लामो समयदेखि संघर्षरत निहारिका राजपूतलाई १० लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको थियो । तर, उक्त रकम पनि हालसम्म नपाएको निहारिकाको गुनासो छ ।

अर्की हिंसापीडित बिनु यादवले पनि आफूमाथि हिंसा गर्नेहरू खुल्ला रूपमा हिँडिरहेको भन्दै न्यायको माग गरेकी छन् । उनले पनि आफ्नो मुद्दा अन्तर्राष्ट्रिय मिडियाबाट बाहिर ल्याउने बताइन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन