१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दीपावलीका लागि बत्ती जडान गर्ने क्रममा करेन्ट लाग्दा दुई युवकको मृत्यु

७ कार्तिक २०७९, सोमबार १०:३९

कात्तिक ७, काठमाडौँ | जनकपुरधाममा दीपावलीका लागि घरमा झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुई युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–९ बेल्ही बस्ने सुभाष यादवका १४ वर्षीय छोरा शिवराज यादव र जनकपुरधाम–२२ बसबिट्टी बस्ने नवल मिश्रका १९ वर्षीय छोरा अमित मिश्र रहेका छन् । आइतबार साँझ साढे ७ बजेको समयमा दीपावलीका लागि आफ्नो घरमा झिलिमिली बत्ती जोड्ने क्रममा शिवराजलाई करेन्ट लागेको थियो । 

करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा सोमबार बिहान साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । 

त्यस्तै, जनकपुरधाम–२२ बसबिट्टीस्थित आफ्नो घरमा सोमबार दिउँसो करिव साढे १२ बजे झिलिमिली बत्ती जोडिरहेको बेला १९ वर्षीय अमित मिश्रलाई करेन्ट लागेको थियो । 

करेन्ट लागेर गम्भीर घाइते भएका मिश्रको जनकपुरधाम–७ स्थित स्वस्तिका अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी क्षेत्रीले बताए । मृतक दुवैको शव पोस्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको धनुषा प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन