2026-09-19 08:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

परीक्षामा चिटिङ रोक्ने गज्जबको आइडिया

कात्तिक ८, काठमाडौँ | एजेन्सी | परीक्षा हलहरू सामान्यतया उदास र गम्भीर हुन्छन् । तर फिलिपिन्सको लेगाजपी सहरको बिकोल युनिभर्सिटी कलेज अफ इन्जिनियरिङका विद्यार्थीहरूले परीक्षालाई रंगीन बनाएका छन् । उनीहरुले परीक्षाका क्रमममा लगाएको ‘चीट विरोधी टोपी’ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

फिलिपिन्सको लेगाजपी सहरको बिकोल युनिभर्सिटी कलेज अफ इन्जिनियरिङका विद्यार्थीलाई उत्तरपुस्तिका नदेख्ने गरी ‘हेडगेयर’ लगाउन भनियो ।

कलेजले दिएको निर्देशन अनुसार विद्यार्थीले घरमा पाइने कार्डबोर्ड, अण्डाको बाक्सा तथा पुन: प्रयोग गरिएका सामग्रीहरूबाट ‘हेडगेयर’ बनाए । र परीक्षामा सहभागी भए । जुन तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो ।

उनीहरुकी शिक्षिकाले विद्यार्थीमा निष्ठा र इमान्दारिता सुनिश्चत गर्नका लागि रमाइलो माध्यम खोज्दै थिइन् । बिकोल युनिभर्सिटी कलेज अफ इन्जिनियरिङका मेकानिकल इन्जिनियरिङकी प्राध्यापक मेरी जोय मन्डेनले यो आइडिया निक्कै नै प्रभावकारी भएको बताइन् ।

उनले विद्यार्थीलाई सामान्य कागज प्रयोग गरेर दायाँ बायाँ हेर्न नमिल्ने सामान बनाउन आफूले आग्रह गरेको बताइन् । शिक्षिकाको आग्रह अनुसार फिलिपिन्सका इञ्जिनियरिङका विद्यार्थीले पाँच मिनेटै यो ‘हेडगेयर’ बनाएका थिए । जसमध्येका केही त निक्कै प्रभावकारी र सिर्जनात्माक पनि थिए । केहीले शिक्षिकाको आग्रह मान्नका लागि टोली, हेलमेट तथा हेलोवीन मास्क पहिरिएका थिए ।

सन् २०१३ मा थाइल्याण्डकी एक जना विद्यार्थीले अगाडि मात्र हेर्न मिल्ने तर दायाँ बायाँ हेर्न नमिल्ने गरी कागजले अनुहार ढाकेको तस्वीर सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई