भदौ २९, दमौली । तनहुँको घाँसीकुवा गाविस–२ मा आज बसले प्रहरीको भेनलाई ठक्कर दिँदा चार प्रहरीसहित १६ जना यात्रु घाइते भएका छन् । 

बसको ठक्करले भेनमा रहेका प्रहरी सहायक निरीक्षक कृष्णकुमार श्रेष्ठ, प्रहरी जवान सन्तबहादुर गुरुङ, मैतबहाद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, दमौली । तनहुँको घाँसीकुवा गाविस–२ मा आज बसले प्रहरीको भेनलाई ठक्कर दिँदा चार प्रहरीसहित १६ जना यात्रु घाइते भएका छन् । 

बसको ठक्करले भेनमा रहेका प्रहरी सहायक निरीक्षक कृष्णकुमार श्रेष्ठ, प्रहरी जवान सन्तबहादुर गुरुङ, मैतबहाद"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तनहुँमा बसले प्रहरीको भेनलाई ठक्कर दिँदा ४ प्रहरीसहित १६ जना घाइते

२९ भाद्र २०७३, बुधबार १२:०९

भदौ २९, दमौली । तनहुँको घाँसीकुवा गाविस–२ मा आज बसले प्रहरीको भेनलाई ठक्कर दिँदा चार प्रहरीसहित १६ जना यात्रु घाइते भएका छन् । 

बसको ठक्करले भेनमा रहेका प्रहरी सहायक निरीक्षक कृष्णकुमार श्रेष्ठ, प्रहरी जवान सन्तबहादुर गुरुङ, मैतबहादुर घर्ती र हरिबहादुर लामा घाइते भएका छन् । 

सोही दुर्घटनामा परी बसमा रहेका १२ जना यात्रु घाइते भएका छन् । सामान्य अवस्थाका घाइते प्रहरीको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

दुर्घटनामा परी गम्भीर घाइते हुने बसका दुई यात्रुलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको र सामान्य अवस्थाका अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

मुग्लिनबाट पोखरा आउँदै गरेको नं५ख ४०३३ नंको बसले भोर्लेटारबाट बेँसीसहरतर्फ जाँदै गरेको बा१झ ७३७९ नं को प्रहरीको भेनलाई उक्त ठाउँमा ठक्कर दिँदा उनीहरु घाइते भएका हुन् । बस चालकलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान सुरु गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ