भदौ २९, दमौली । तनहुँको घाँसीकुवा गाविस–२ मा आज बसले प्रहरीको भेनलाई ठक्कर दिँदा चार प्रहरीसहित १६ जना यात्रु घाइते भएका छन् । 

बसको ठक्करले भेनमा रहेका प्रहरी सहायक निरीक्षक कृष्णकुमार श्रेष्ठ, प्रहरी जवान सन्तबहादुर गुरुङ, मैतबहाद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, दमौली । तनहुँको घाँसीकुवा गाविस–२ मा आज बसले प्रहरीको भेनलाई ठक्कर दिँदा चार प्रहरीसहित १६ जना यात्रु घाइते भएका छन् । 

बसको ठक्करले भेनमा रहेका प्रहरी सहायक निरीक्षक कृष्णकुमार श्रेष्ठ, प्रहरी जवान सन्तबहादुर गुरुङ, मैतबहाद"/>

2026-09-18 10:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तनहुँमा बसले प्रहरीको भेनलाई ठक्कर दिँदा ४ प्रहरीसहित १६ जना घाइते

भदौ २९, दमौली । तनहुँको घाँसीकुवा गाविस–२ मा आज बसले प्रहरीको भेनलाई ठक्कर दिँदा चार प्रहरीसहित १६ जना यात्रु घाइते भएका छन् । 

बसको ठक्करले भेनमा रहेका प्रहरी सहायक निरीक्षक कृष्णकुमार श्रेष्ठ, प्रहरी जवान सन्तबहादुर गुरुङ, मैतबहादुर घर्ती र हरिबहादुर लामा घाइते भएका छन् । 

सोही दुर्घटनामा परी बसमा रहेका १२ जना यात्रु घाइते भएका छन् । सामान्य अवस्थाका घाइते प्रहरीको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

दुर्घटनामा परी गम्भीर घाइते हुने बसका दुई यात्रुलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको र सामान्य अवस्थाका अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

मुग्लिनबाट पोखरा आउँदै गरेको नं५ख ४०३३ नंको बसले भोर्लेटारबाट बेँसीसहरतर्फ जाँदै गरेको बा१झ ७३७९ नं को प्रहरीको भेनलाई उक्त ठाउँमा ठक्कर दिँदा उनीहरु घाइते भएका हुन् । बस चालकलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान सुरु गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई