२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुध उम्लिएर किन पोखिन्छ ? पानी किन पोखिँदैन ?

१३ कार्तिक २०७९, आईतवार ०९:१४

कात्तिक १३ , धनुषा । हामीले दिनदिनै भोग्ने र देख्ने यस्ता थुप्रै कुराहरु हुन्छन् जसलाई हामीले देख्न त देख्छौँ तर त्यसको कारणबारे चासो राख्दैनौ । यसैमध्ये एक दुध उम्लिएर पोखिनु पनि हो । जबकी पानी यस्तो हुँदैन । भान्सामा काम गरिरहेका बेला तपाईंले पनि धेरै पटक यसको अनुभव गर्नुभएको होला ।

दुध उम्लिएपछि किन पोखिन्छ भनेर कहिले सोच्नुभएको छ ? वास्तवमा यसको पछाडि एउटा  वैज्ञानिक कारण छ । आज यसबारे जानकारी लिऔँ ।

वास्तवमा दुधमा फ्याट, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन र विभिन्न खालका खनिज हुन्छन् । मुख्यतया दुधमा बोसोका अणुहरु हुन्छन् र प्रोटिनको रुपमा केसिनको अणु पाइन्छन् । दुधमा ८७ प्रतिशत पानी, ४ प्रतिशत प्रोटिन, ५ प्रतिशत ल्याक्टोज (दुधमा चिनीको रुप) हुन्छ । दुधमा पानीको मात्रा बढी हुन्छ र जब यो तात्छ, बाफमा फेरिन्छ । त्यसैले फ्याट, प्रोटिन, कार्बोहाईड्रेट। भिटामिन र विभिन्न खालका खनिज गाढा हुन सुरु हुन्छन् ।


दुध उम्लिएर पोखिनुको कारण यस्तो

यहाँ याद गर्नुपर्ने कुरा के छ भने दुधमा पाइने फ्याट, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन र खनिज हल्का हुन्छन् जसका कारण तातो हुने बित्तिकै दुध माथि तैरन थाल्छन् । अब तल बचेको मिश्रणमा पानीको संख्या बढी हुन्छ, जुन तात्तिएपछि बाफ बनिरहेको हुन्छ तर माथि फ्याट, प्रोटिनसमेत अन्य चिजको पत्रले बाफलाई निस्कन दिइरहेको हुँदैन । तर प्रबल त्यो नै हुन्छ जोसँग मात्रा धेरै छ । अर्थात्, पानीको बढी प्रतिशत भएका कारण पानीले माथिल्लो पत्रलाई आफ्नो बाटोबाट हटाएर बाफलाई बाहिर निकाल्छ । यो प्रक्रियामा माथिल्लो पत्र भाँडो बाहिर निस्कने गर्छ र बाँकी भएको दुध भाँडोमा नै उम्लिरहन्छ ।

पानी उम्लिएपछि किन पोखिँदैन ?

अब प्रश्न यो उठ्छ कि पानी उम्लिएर किन पोखिँदैन । यसको जवाफ यो हो कि पानीमा कुनै पनि खालको फ्याट, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन हुँदैन जसले उसको माथि पत्र बनाउन सकोस् ।  माथिल्लो पत्र बन्ने नभएकोले बाफलाई बाहिर निस्कने बाटो चाहिँदैन । उम्लिएको पानीमा बाफ निस्कनका लागि बाधा हुँदैन त्यसैले यो भाँडोमा नै उम्लिरहन्छ ।टाइम्स अफ इन्डिया

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो