२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुध उम्लिएर किन पोखिन्छ ? पानी किन पोखिँदैन ?

२०७९, १३ कार्तिक आईतवार ०९:१४

कात्तिक १३ , धनुषा । हामीले दिनदिनै भोग्ने र देख्ने यस्ता थुप्रै कुराहरु हुन्छन् जसलाई हामीले देख्न त देख्छौँ तर त्यसको कारणबारे चासो राख्दैनौ । यसैमध्ये एक दुध उम्लिएर पोखिनु पनि हो । जबकी पानी यस्तो हुँदैन । भान्सामा काम गरिरहेका बेला तपाईंले पनि धेरै पटक यसको अनुभव गर्नुभएको होला ।

दुध उम्लिएपछि किन पोखिन्छ भनेर कहिले सोच्नुभएको छ ? वास्तवमा यसको पछाडि एउटा  वैज्ञानिक कारण छ । आज यसबारे जानकारी लिऔँ ।

वास्तवमा दुधमा फ्याट, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन र विभिन्न खालका खनिज हुन्छन् । मुख्यतया दुधमा बोसोका अणुहरु हुन्छन् र प्रोटिनको रुपमा केसिनको अणु पाइन्छन् । दुधमा ८७ प्रतिशत पानी, ४ प्रतिशत प्रोटिन, ५ प्रतिशत ल्याक्टोज (दुधमा चिनीको रुप) हुन्छ । दुधमा पानीको मात्रा बढी हुन्छ र जब यो तात्छ, बाफमा फेरिन्छ । त्यसैले फ्याट, प्रोटिन, कार्बोहाईड्रेट। भिटामिन र विभिन्न खालका खनिज गाढा हुन सुरु हुन्छन् ।


दुध उम्लिएर पोखिनुको कारण यस्तो

यहाँ याद गर्नुपर्ने कुरा के छ भने दुधमा पाइने फ्याट, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन र खनिज हल्का हुन्छन् जसका कारण तातो हुने बित्तिकै दुध माथि तैरन थाल्छन् । अब तल बचेको मिश्रणमा पानीको संख्या बढी हुन्छ, जुन तात्तिएपछि बाफ बनिरहेको हुन्छ तर माथि फ्याट, प्रोटिनसमेत अन्य चिजको पत्रले बाफलाई निस्कन दिइरहेको हुँदैन । तर प्रबल त्यो नै हुन्छ जोसँग मात्रा धेरै छ । अर्थात्, पानीको बढी प्रतिशत भएका कारण पानीले माथिल्लो पत्रलाई आफ्नो बाटोबाट हटाएर बाफलाई बाहिर निकाल्छ । यो प्रक्रियामा माथिल्लो पत्र भाँडो बाहिर निस्कने गर्छ र बाँकी भएको दुध भाँडोमा नै उम्लिरहन्छ ।

पानी उम्लिएपछि किन पोखिँदैन ?

अब प्रश्न यो उठ्छ कि पानी उम्लिएर किन पोखिँदैन । यसको जवाफ यो हो कि पानीमा कुनै पनि खालको फ्याट, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन हुँदैन जसले उसको माथि पत्र बनाउन सकोस् ।  माथिल्लो पत्र बन्ने नभएकोले बाफलाई बाहिर निस्कने बाटो चाहिँदैन । उम्लिएको पानीमा बाफ निस्कनका लागि बाधा हुँदैन त्यसैले यो भाँडोमा नै उम्लिरहन्छ ।टाइम्स अफ इन्डिया

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ