३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘महापुरुष’ले पहिलो सप्ताहन्त मै कमायो ३ करोड हाराहारीको ग्रस

१४ कार्तिक २०७९, सोमबार ०८:५८

कात्तिक १४, काठमाडौँ | हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त ३ करोड १० लाख रुपैयाँ हाराहारीको ग्रस कमाइ गरेको छ ।

एक करोड ओपनिङ गरेको फिल्मले दोस्रो दिन डेढ करोड कलेक्सन गर्यो । तेस्रो दिन फिल्मको कमाइ ६० लाख रुपैयाँ आसपास देखिन्छ । पहिलो सप्ताहन्त तीन करोडको आँकडा पार गर्नु महत्वपूर्ण उपलब्धि हो ।

महापुरुष'ले पहिलो सप्ताहन्त पार गर्‍यो तीन करोडको आँकडा – Online Khabar

सोमबारको अकुपेन्सी ४० प्रतिशतमा सीमित हुने देखिन्छ । आगामी शुक्रबार ठूलो फिल्म रिलिज नभएकाले पनि यसको फाइदा ‘महापुरुष’ले लिन देखिन्छ । दोस्रो सातामा फिल्मको कमाइ कसरी अघि बढ्छ भन्ने कुरा विकडेजमा फिल्मले हासिल गर्ने वर्ड अफ माउथमा निर्भर हुनेछ । तर अहिलेसम्म सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले दोस्रो सातामा पनि फिल्मले राम्रै पिकअप लिने अपेक्षा छ ।

प्रदीप भट्टराई निर्देशित फिल्मले पत्नी गुमाएपछि एक्लिएको सिंगल पुरुषको जीवनमा पुनः प्रेमको प्रवेश भएपछि हुने उतारचढावको कथा पेस गर्छ । हरिवंशले मुख्य चरित्रको भूमिका निर्वाह गरेका छन् । गौरी मल्ल उनको अपोजिटमा छिन् । षट्कोण आर्ट्सको ब्यानरमा म्याक्स दीपेश खत्रीले निर्माण गरेको फिल्मको कार्यकारी निर्मातामा रविन्द्रसिंह बानियाँ छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै