कात्तिक १५, काठमाडौँ | काठमाडौंको तिलगंगामा बसको ठक्करबाटबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् ।
बनेपा–धुलिखेल रुटको बा ४ ख ९३९६ नम्बरको बसले बा ९३ ब ३१२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक माधव पौडेलको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार गंगा मगर भने घाइते भएको र उनको उपचार चलिरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालक फरार छन् ।