२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा रोल्पाका एक युवकको मृत्यु

२०७९, १५ कार्तिक मंगलवार ११:१६

कात्तिक १५,  काठमाडौँ | वैदेशिक रोजगारका लागि साउदी अरबमा रहेका रोल्पाका एक युवकको रियादमा मृत्यु भएको छ । साउदीस्थित रियादको एक रेस्टुराँमा कार्यरत पूर्वी रोल्पाको लुंग्री गाउँपालिका–५ गोठीबाङ बडाचौरका ४१ वर्षीय हिरे घर्तीमगरको सोमबार (अक्टोबर ३१) मृत्यु भएको उनको परिवारले जनाएको छ ।

हिरेका भाई सुन्दरबहादुरका अनुसार काम गर्दागर्दै कात्तिक ८ गते अचानक बेहोस भएका हिरेलाई उपचारका लागि किङ सलमान अस्पतालमा पुर्‍याएर भर्ना गरिएको थियो । करिब एक सातासम्म अस्पतालमा राखिए पनि सन्चो नभएको र अस्पतालमा सोमबार उनको मृत्यु भएको जानकारी पाएको उनले बताए ।


‘त्यहाँको नेपाली दूतावासका कर्मचारीसँग सम्पर्क गरेका थियौं, सुरुमा उपचार हुन्छ भन्ने खबर आयो । एक सातापछि भने बचाउन सकेनौं, मृत्यु भयो भन्ने जानकारी आयो,’ सुन्दरले भने ।

विदामा घर आउने योजनामा रहेका हिरे रेस्टुराँमा काम गर्ने क्रममा अचानक ढलेका थिए । रियादस्थित अल्कावसा अल्हासावैह नामको कम्पनीमा कुकका रुपमा कार्यरत उनलाई बिरामी भएबित्तिकै अस्पताल पुर्‍याइएको थियो । ‘सुरुमा ब्रेन ह्यामरेज भएको खबर आएको थियो, अस्पतालमा आफ्नो मानिसलाई पठाएर उपचार गराउने व्यवस्था मिलाएका थियौं । उपचार भएन,’ सुन्दरले भने ।

बिरामी हिरेलाई एउटै कोठामा सँगै बस्ने साथीले अस्पतालमा पुर्‍याएका थिए । सुरुमा अप्रेसन गरेर ज्यान जोगाउन सकिने परिवारमा जानकारी आएको थियो । अस्पतालमा पुर्‍याएपछि उनी बेहोस भएका बेलामा अंग दान गर्नेबारे अस्पतालका कर्मचारीले परिवारसँग अनुमति मागेका थिए । परिवारले अंग दान गर्ने अनुमति नदिएको सुन्दरले बताए ।

अंग दान गर्नेबारे अस्पतालबाट च्याटमा र मौखिक रुपमा अनुमति मागिएको भए पनि परिवारले उपचार गर्नतिर ध्यान दिन आग्रह गरेको थियो ।

अस्पताल पुर्‍याएको तेस्रो दिनदेखि आफन्तलाई भेट गर्न नदिएको सुन्दरको गुनासो छ । यसैबीच, हिरेको मृत्यु भएको वा हत्या गरिएको भन्नेबारे परिवारले आशंका गरेको छ । नेपालमा ल्याइएको शवको पोष्टमार्टम गर्न र अंगभंग नभएको शव बुझ्ने पारिवारिक चाहना भएको सुन्दरले बताए ।

७ वर्षअघि पहिलोपटक साउदीमा गएका हिरे एक पटक विदामा घर आएका थिए । घरमा उनका दुई छोरी र दुई छोरा गरी चार सन्तान छन् । एक वर्षअघि सुन्दरका एक आफन्त भाईको मृत्यु साउदीमै भएको थियो । कन्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन