१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा रोल्पाका एक युवकको मृत्यु

१५ कार्तिक २०७९, मंगलवार ११:१६

कात्तिक १५,  काठमाडौँ | वैदेशिक रोजगारका लागि साउदी अरबमा रहेका रोल्पाका एक युवकको रियादमा मृत्यु भएको छ । साउदीस्थित रियादको एक रेस्टुराँमा कार्यरत पूर्वी रोल्पाको लुंग्री गाउँपालिका–५ गोठीबाङ बडाचौरका ४१ वर्षीय हिरे घर्तीमगरको सोमबार (अक्टोबर ३१) मृत्यु भएको उनको परिवारले जनाएको छ ।

हिरेका भाई सुन्दरबहादुरका अनुसार काम गर्दागर्दै कात्तिक ८ गते अचानक बेहोस भएका हिरेलाई उपचारका लागि किङ सलमान अस्पतालमा पुर्‍याएर भर्ना गरिएको थियो । करिब एक सातासम्म अस्पतालमा राखिए पनि सन्चो नभएको र अस्पतालमा सोमबार उनको मृत्यु भएको जानकारी पाएको उनले बताए ।


‘त्यहाँको नेपाली दूतावासका कर्मचारीसँग सम्पर्क गरेका थियौं, सुरुमा उपचार हुन्छ भन्ने खबर आयो । एक सातापछि भने बचाउन सकेनौं, मृत्यु भयो भन्ने जानकारी आयो,’ सुन्दरले भने ।

विदामा घर आउने योजनामा रहेका हिरे रेस्टुराँमा काम गर्ने क्रममा अचानक ढलेका थिए । रियादस्थित अल्कावसा अल्हासावैह नामको कम्पनीमा कुकका रुपमा कार्यरत उनलाई बिरामी भएबित्तिकै अस्पताल पुर्‍याइएको थियो । ‘सुरुमा ब्रेन ह्यामरेज भएको खबर आएको थियो, अस्पतालमा आफ्नो मानिसलाई पठाएर उपचार गराउने व्यवस्था मिलाएका थियौं । उपचार भएन,’ सुन्दरले भने ।

बिरामी हिरेलाई एउटै कोठामा सँगै बस्ने साथीले अस्पतालमा पुर्‍याएका थिए । सुरुमा अप्रेसन गरेर ज्यान जोगाउन सकिने परिवारमा जानकारी आएको थियो । अस्पतालमा पुर्‍याएपछि उनी बेहोस भएका बेलामा अंग दान गर्नेबारे अस्पतालका कर्मचारीले परिवारसँग अनुमति मागेका थिए । परिवारले अंग दान गर्ने अनुमति नदिएको सुन्दरले बताए ।

अंग दान गर्नेबारे अस्पतालबाट च्याटमा र मौखिक रुपमा अनुमति मागिएको भए पनि परिवारले उपचार गर्नतिर ध्यान दिन आग्रह गरेको थियो ।

अस्पताल पुर्‍याएको तेस्रो दिनदेखि आफन्तलाई भेट गर्न नदिएको सुन्दरको गुनासो छ । यसैबीच, हिरेको मृत्यु भएको वा हत्या गरिएको भन्नेबारे परिवारले आशंका गरेको छ । नेपालमा ल्याइएको शवको पोष्टमार्टम गर्न र अंगभंग नभएको शव बुझ्ने पारिवारिक चाहना भएको सुन्दरले बताए ।

७ वर्षअघि पहिलोपटक साउदीमा गएका हिरे एक पटक विदामा घर आएका थिए । घरमा उनका दुई छोरी र दुई छोरा गरी चार सन्तान छन् । एक वर्षअघि सुन्दरका एक आफन्त भाईको मृत्यु साउदीमै भएको थियो । कन्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन