१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय स्वतन्त्र पार्टीको परिकल्पना : अबको ३१ वर्षमा यस्तो बन्नेछ नेपाल

१७ कार्तिक २०७९, बिहीबार ०७:१७

कात्तिक १७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले अघि सारेको वाचा पत्रले अबको ३१ वर्षमा देश निर्माणका लागि आधार तयार हुने दाबी गरेको छ । ‘यो वाचा पत्रले अबको ३१ वर्षपछि विसं २११० मा राष्ट्रिय स्वतन्त्र पार्टीले परिकल्पना गरेको नेपालको लागि आधार तयार पार्ने छ’, वाचापत्रको पृष्ठ ३४ मा उल्लिखित हाम्रो परिकल्पनाको देश शीर्षकमा भनिएको छ । 


नेपालको संविधान २०७२ मा लिपिबद्ध “समाजवादप्रति प्रतिबद्धता” लाई ध्यानमा राख्दै वाचा पत्रमा तत् तत् कार्यक्रमहरू राखिएको भन्दै पार्टीले २११० सम्ममा नेपालमा समाजवादको आधार तय गर्ने उल्लेख गरेको छ । 

त्यति बेला सम्ममा समान गुणस्तरको शिक्षा र स्वास्थ्यमा सबै नागरिकको समान पहुँच हुने पार्टीको अपेक्षा छ । यस्तै २११० पछि शिक्षा र स्वास्थ्य क्षेत्रलाई समुदायीकरण गरी पूर्णरुपमा गैरनाफामूलक बनाइने स्वतन्त्र पार्टीको वाचा छ  । विस २११० सम्म सम्पूर्ण नेपालीहरू पूर्ण बिमाको दायरामा हुने तथा मुलतः शिक्षा र स्वास्थ्य सेवाको ग्यारेन्टी गर्ने पार्टीको दाबी छ । 

नेपाल अन्तराष्ट्रिय पर्यटन क्षेत्रमा घुम्न लायक गन्तव्यको सूचीमा रहने, विश्व शान्ति क्षेत्रको रुपमा स्थापित हुने, कुनै पनि नेपालीहरू रोजगारीका लागि विदेश जान नपर्ने, गुणस्तरीय र सुलभ यातायात प्रणाली हुने, सूचना तथा सञ्चार प्रविधिमा सबै नेपालीको सुलभ पहुँच र उपलब्धता हुने सो पार्टीको अपेक्षा छ । 

यस्तै गरिबीको रेखामुनि रहेका नेपालीको संख्या शून्य हुने, सबै नागरिकको सामाजिक र आर्थिक सुरक्षाको ग्यारेन्टी हुने, खेलकुदमा अन्तर्राष्ट्रिय पदक हासिल हुने, नेपाल विश्वमा न्यून भ्रष्टाचार हुने मुलुकमा पर्ने जस्ता विषय सो पार्टीले परिकल्पना गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन