१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आँखा फर्फराउनु के साँच्चिकै शुभ-अशुभको संकेत हो त ? यस्तो छ वास्तविकता

१७ कार्तिक २०७९, बिहीबार १०:५७

कात्तिक १७, काठमाडौँ | धेरै मानिस आँखा फर्फराउँदा सगुन वा अपसगुन  हुने मान्यता राख्दछन् । सामुन्द्रिक शास्त्रका अनुसार पुरुषको दाँया आँखा फर्फराउनु शुभ हुन्छ । यो आँखा फर्फराउँदा पुरुषका सबै इच्छा पुरा हुने, पदोन्नति वा धन लाभ हुने मान्यता छ । तर महिलामा भने यो आँखा फर्फराउनु अशुभ मान्निछ ।


यस्तै पुरुषको बायाँ आँखा फर्फराउँदा अशुभ मानिन्छ भने महिलामा भने विशेष लाभ वा शुभ योगको संकेत मानिन्छ । महिलाको बाँया आँखा फर्फराएमा सुनचान्दी लगायत गहना वा कारोबारमा लाभ मिल्ने मान्यता छ ।

तर यो अन्धविश्वास मात्र हो । आँखा वरिपरिका मांशपेशीहरू संकुचित हुँदा आँखा फर्फराउँछ । वैज्ञानिक कारण अनुसार आँखा फर्फराउनुमा निम्न कारण हुनसक्छ ।

क) आँखामा समस्या

आँखामा मांसपेशी सम्बन्धित समस्या हुँदा आँखा फर्फराउन सक्छ । लामो समयदेखि आँखामा यस प्रकारको समस्या देखिए आँखाको जाँच गर्नु पर्दछ ।

ख) तनाव

कतिपय अवस्थामा तनावका कारणले पनि आँखा फर्फराउन सक्छ । तनाव हुदाँ पूर्ण निन्द्रा नपुग्दालगायत कारणले यो समस्या हुन सक्छ । तसर्थ पूर्ण निदाउने प्रयास गर्नु पर्दछ ।

ग) थकान

अत्यधिक थकान भए आँखामा समस्या भई यो समस्या हुन सक्छ । यसबाहेक आँखामा हुने थकान वा कम्यूटर, ल्यापटपमा बढी समय काम गर्दा पनि यस्तो समस्या देखिन्छ ।

घ) सुख्खापन

आँखामा सुख्खापन भएमा पनि आँखा फर्फराउने समस्या हुन सक्छ । यस अलावा आँखामा एलर्जी भइ पानी आए, चिलाएमा पनि यो समस्या हुन सक्छ ।

कसरी रोक्ने त ? 

  • टन्न पानी पिउनुहोस् । 
  • पूरा आराम हुनेगरी धेरैभन्दा धेरै सुत्नुहोस् । 
  • अनि आँखाको मसाज गर्नुहोस् । 
  • आँखीभौंलाई ३० सेकेन्डसम्म झिम्क्याउनुहोस् । 

एक हप्ताभन्दा बढी समयसम्म पनि आँखा फर्फराइरह्यो भने चाहिँ चिकित्सकलाई भेट्न जानुपर्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन