किशोरी बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई सुन्धारास्थित केन्द्रीय कारागारमा राखिने भएको छ।

जिल्ला अदालत काठमाडौं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  किशोरी बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई सुन्धारास्थित केन्द्रीय कारागारमा राखिने भएको छ।

जिल्ला अदालत काठमाडौं"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीप लामिछानेलाई केन्द्रीय कारागार सुन्धारामा राखिने

२०७९, १८ कार्तिक शुक्रबार ०९:५१

कात्तिक १८, काठमाडौं | किशोरी बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई सुन्धारास्थित केन्द्रीय कारागारमा राखिने भएको छ।

जिल्ला अदालत काठमाडौंले शुक्रबार पुर्पक्षका लागि कारागार चलानको आदेश दिएसँगै लामिछानेलाई केन्द्रीय कारागार सुन्धारामा राखिने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए।

न्यायाधीश माधव घिमिरेको इजलासले राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म थुनामा पठाउने काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो।


लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरेको थियो। न्यायाधीश माधव घिमिरेको इजलासले राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान लामिछानेलाई कारागार चलान गर्ने आदेश दिएको हो।

लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते मुद्दा दायर गरिएको थियो। प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेको  छ।

पीडित पक्षले गत भदौ २१ गते गौशाला प्रहरीमा उजुरी दिएका थिए। उजुरीका आधारमा प्रहरीले सन्दीपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन