कात्तिक १८, काठमाडौं | आफूमाथि बलात्कार भएको बताउँदै आएकी निहारिका राजदपूतलाई शुक्रबार प्रहरीले काठमाडौंको बालुवाटारबाट नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारको ३ नम्बर गेट अगाडि पत्रकार सम्मेलनको तयारी गरेपछि प्रहरी वृत्त माली गाउँको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

आफूमाथि बलात्कार भएको भन्दै उनी लामो समयदेखि न्यायको संघर्षमा छिन् । उनले २७ साउनमा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास पनि गरेकी थिइन् । उनले बलात्कारबाट जन्मिएको छोरा र आरोपित शिवराज श्रेष्ठको डीएनए परीक्षण गराउन माग गर्दै आएकी थिइन् ।
उनको मागअनुसार उच्च अदालत जनकपुरले डएनए परीक्षणका आदेश दिएपछि डीएनए परीक्षणसमेत भएको छ । परीक्षणमा छोरा र श्रेष्ठको डीएनए म्याच भएको प्रतिवेदन आएको छ ।