कात्तिक २०, काठमाडौँ | देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको । आइतबार देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश , कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकाले जनएको छ |
सोमबार देशका पहाडी भू-भागहरूमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश , कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाकाले जनएको छ |