कात्तिक २०, काठमाडौँ | सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका -१ का १९ वर्षिय सुमित कुमार थापा रहेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा समिरा शर्मा (baby) नामको फेक आइडी बनाएर पीडितको तस्वीरसँगै अपरिचित महिलाहरुको अश्लील तस्वीर, भिडियो पोस्ट गर्नुका साथै धम्कीपूर्ण म्यासेज पठाएर मानसिक यातना दिनुका साथै
उक्त फेक आइडीको म्यासेन्जरबाट पिडितको आफन्तहरुको म्यासेन्जरमा समेत बिभिन्न अश्लील तस्वीर, भिडियो पोस्ट गरि अनावश्यक मानसिक तनाब दिएको भन्दै उजुरी परेको हो |
पक्राउ परेका उनीविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।