१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो बिमारीलाई लिएर सामन्था भन्छिन्, ‘म मरिसकेकी छैन’

२२ कार्तिक २०७९, मंगलवार ११:१७

कात्तिक २२, काठमाडौँ । एजेन्सी | भारतीय अभिनेत्री सामन्था रूथ प्रभु रोगसँग लडिरहेकी छन्। उनले सामाजिक सञ्जालमार्फत बिरामी भएको खबर सार्वजनिक गरेकी हुन्। सामन्थाका अनुसार उनलाई ‘मायोसाइटिस’ भन्ने रोग लागेको हो। यो रोगमा शरीर कमजोर हुने र मांसपेसीहरू दुख्ने हुन्छ। गम्भीर अवस्थामा मानिसलाई उभिन र हिँड्न समेत गाह्रो हुन्छ। 


उनले आफू बिरामी भएको खबर सार्वजनिक गरेपछि प्रशंसक र उनका साथीले उनलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना दिएका थिए भने केही सञ्चारमाध्यमले उनको स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै अफवाह फैलाएका थिए। उनले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै उक्त समाचारको खण्डन गरेकी छन्। 

‘म एउटा कुरा स्पष्ट रुपमा भन्न चाहन्छु, मैले केही सञ्चार माध्यममा मेरो अवस्था गम्भीर भएको र ज्यानलाई खतरा छ भन्ने देखेँ। म जुन स्थितिमा छु, त्यसबाट मेरो ज्यानलाई कुनै खतरा छैन। म अहिलेसम्म मरिसकेकी छैन। यस्तो शीर्षक राख्न जरुरी छैन,’ उनले भनिन्।

सामन्थाको नयाँ फिल्म ‘यशोदा’ आउँदैछ। हरि शंकर र हरिश नारायणद्वारा लिखित र निर्देशित फिल्म ‘यशोदा’ सरोगेसी (भाडाको कोख) को मुद्दामा बनेको छ। भारतमा अहिले व्यावसायिक सरोगेसीमा प्रतिबन्ध लगाइएको छ। त्यसैले यो फिल्मको कथा प्रतिबन्ध लाग्नुअघिको भएको अनुमान गरिएको छ।

यशोदाको भूमिकामा देखिएकी सामन्था गरिब परिवारकी हुन्छिन्। उनी पैसाका लागि अत्याधुनिक सरोगेसी केन्द्रमा पुग्छिन् र आफ्नो कोख भाडामा लगाउँछिन्। तर यो उनले सोचेभन्दा व्यापक र भयावह हुन्छ। उनी कुनै अप्ठ्यारोमा फस्छिन्। तमिल र तेलेगू भाषामा बनेको यो फिल्म हिन्दीमा पनि डब भएको छ। यो फिल्म आगामी नोभेम्बर ११ मा रिलिज हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन