2026-07-27 12:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कान्तारा’ को विश्वव्यापी ३ सय करोड माथि कारोबार, कलाकारको पारिश्रमिक कति ?

कात्तिक २२, काठमाडौँ। दक्षिण भारतीय फिल्म ‘कान्तारा’ अहिले जहाँतहीँ छाइरहेको छ । यो फिल्मले साउथमा मात्र होइन, हिन्दी बेल्टमा पनि राम्रो कमाई गरेको छ । फिल्मले विश्वव्यापी रूपमा ३ सय करोड माथिको कारोबार गरिसकेको छ । १६ करोड बजेटमा बनेको फिल्मले दर्शकको साथ उत्तिकै पाइरहेको छ ।

फिल्मको प्रमुख भूमिकामा अभिनय गरेका ऋषभ शेट्टीले फिल्मको लेखनसँगै निर्देशन गरेका हुन् । यो फिल्ममा अभिनय गर्ने कलाकारले कति पारिश्रमिक लिए भन्ने अहिले आम चासो छ ।

ऋषभ शेट्टी

फिल्ममा ऋषभले शिवा पात्रको भूमिकामा अभिनय गरेका छन् । उनले यो फिल्मका लागि ४ करोड रुपैयाँ पारिश्रमिक लिएका छन् ।

Rishab Shetty Salary Kantara

सप्तमी गौडा

सप्तमीले फिल्ममा ऋषभको प्रेमिका लीलाको भूमिका निर्वाह गरेकी छन् । उनले फिल्मका लागि १ करोड २५ लाख पारिश्रमिक लिएकी छन् ।

Sapthami Gowda Kantara Cast Salary

अच्युत कुमार

फिल्ममा अच्युतले देवेन्दको भूमिका निभाएका छन् । उनी फिल्मका भिलेन हुन् । कैयौं फिल्ममा अभिनय गरेका अच्युतले ७५ लाख रुपैयाँ पारिश्रमिक बुझेका छन् ।

Achyuth Kumar Salary Kantara

किशोर

दक्षिण भारतीय फिल्मका लोकप्रिय अभिनेता किशोरले फिल्ममा इन्स्पेक्टर मुरलीधरको भूमिका निर्वाह गरेका छन् । यो फिल्ममा अभिनयका लागि उनले १ करोड पारिश्रमिक लिएका छन् ।

Kishore Kantara

प्रमोद शेट्टी

प्रमोदले फिल्ममा सुधाकाराको भूमिका निर्वाह गरेका छन् । यो फिल्ममा काम गर्नका लागि उनले ६० लाख रुपैयाँ बुझेका छन् ।

Pramod Shetty Salary Kantara

दीपक राय पानाजे

फिल्ममा दीपकले सुन्दराको भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनको भूमिका निकै दिलचस्प छ । फिल्मका लागि उनले ४० लाख रुपैयाँ पारिश्रमिक लिएका छन् ।

Deepak Rai Panaaje Salary Kantara

नवीन डी पडिल

नवीन साउथमा कमेडी भूमिकाका लागि चिनिन्छन् । उनले फिल्ममा वकिलको भूमिका निर्वाह गरेका छन् । उनले यो भूमिकाका लागि २५ लाख रुपैयाँ पारिश्रमिक बुझेका छन् ।

Naveen D Padil

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली