१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिफा पूर्वअध्यक्ष ब्लाटर भन्छन्– ‘कतारलाई विश्वकप अधिकार दिनु गल्ती थियो’

२३ कार्तिक २०७९, बुधबार ०६:५९

एजेन्सी | विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)का पूर्वअध्यक्ष सेप ब्लाटरले मध्यपूर्वी एसियाको कतारलाई विश्वकप फुटबल प्रतियोगिता आयोजना अधिकार दिनु गल्ती भएको स्वीकार गरेका छन् । सन् २०१० मा तत्कालीन अध्यक्ष ब्लाटरले कतारलाई विश्वकप आयोजक राष्ट्र रूपमा घोषणा गर्दा चर्को विवाद भएको थियो । विश्वकप आयोजक राष्ट्र घोषणा गर्ने क्रममा फ्रान्सेली राष्ट्रपति निकोलास सार्कोज र मिचेल प्लाटिनीसँग पनि छलफल भएको ब्लाटरले खुलासा गरेका छन् । 


‘यो एउटा खराब निर्णय थियो, मसँग त्यसवेला कुनै विकल्प थिएन,’ १२ वर्षअघिको घटना सम्झँदै ब्लाटरले भने, ‘त्यसवेला जे–जति निर्णय भए, एक अध्यक्षका नाताले सबै जिम्मेवारी म लिन्छु ।’ कतारले विश्वकप आयोजना अधिकार पाउँदा सबैले अमेरिकाले पाउने अनुमान गरेका थिए । तर, ब्लाटरले सन् २०२२ को आयोजक राष्ट्र कतारको नाम घोषणा गर्दा सबै स्तब्ध भएका थिए । सन् २०२२ विश्वकपको आयोजना अधिकारका लागि पाँच देशबीच प्रतिस्पर्धा भएको थियो । सोही दिन नै सन् २०१८ को विश्वकप आयोजक राष्ट्र रसियाको समेत घोषणा भयो । 

१२ वर्षअघि कतारले विश्वकप गर्न अधिकार पाउँदा मिलेमतो भएको आशंका गरिएको थियो । तत्कालै अध्यक्ष ब्लाटरसहित फिफाका धेरै पदाधिकारीमाथि मुद्दा चलायो । फिफाको वित्तीय भ्रष्टाचारको मुद्दामा संघीय आपराधिक अदालतबाट गत जुलाईमा ब्लाटरले सफाइ पाएका थिए ।

पेरिस बैठकमा निर्णय परिवर्तन 

ब्लाटरले स्थानीय स्विस सञ्चारमाध्यम टामिडियासँग मंगलबार गरेको साक्षात्कार कार्यक्रममा कतारलाई विश्वकप दिन नहुने दोहोर्‍याएका छन् । ब्लाटरले सन् २०२२ को विश्वकप राष्ट्र घोषणा गर्नुपूर्व आफूमाथि दबाब आएको समेत खुलासा गरेका छन् ।२ डिसेम्बर २०१० मा फिफा कार्यकारी समितिको बैठकको एक साताअघि फ्रान्सेली राष्ट्रपति सार्कोजीले आयोजना गरेको बैठकमा कतारलाई आयोजक राष्ट्र बनाउनुपर्ने दबाब दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन