2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फ्रान्सेली ‘क्याथोलिक चर्च’ : तीन लाख तीस हजार बाल यौन दुर्व्यवहारको शिकार

कात्तिक २३, काठमाडौँ | फ्रान्सेली क्याथोलिक चर्चले विभिन्न कालखण्डमा बाल यौन दुव्र्ययवहार भएका स्वीकार गरेको छ । अठत्तर वर्षीय पादरी जीन–पियरले ३५ वर्षअघि एक जना १४ वर्षीया किशोरीलाई दुव्र्ययवहार गरेको स्वीकार गरेपछि ईश्वरका घरमा भएका ती निन्दनीय कृत्य सार्वजनिक भएका हुन् । 


‘पैतीस वर्षअघि म पादरी हुँदा १४ वर्षकी युवतीसँग मैले निन्दनीय व्यवहार गरेको थिएँ । मेरो व्यवहारले पीडितमा गम्भीर एवम् अप्रिय परिणाम निम्त्याएको छ,” उनले लिखित स्वीकारोक्तिमा भनेका छन् । उनले पीडितसँग कुरा गरेर क्षमा याचना गरेको पनि बताएका छन् । आफूबाट भएको अपराधका निम्ति उनले अन्य सबैसँग पनि माफी मागेका छन् । 

गत वर्ष एक स्वतन्त्र आयोगद्वारा जारी गरिएको   अध्ययनले बितेका ७० वर्षमा फ्रान्समा पादरी वा चर्च–सम्बन्धित अन्य व्यक्तिले तीन लाख ३० हजार बाल यौन दुव्र्यवहार गरेको खुलासा भएपछि धार्मिक कर्तव्यबाटच्युत हुनेविरुद्ध निगरानी थालिएको छ भने गिर्जाघरहरूमा पनि नियमितरूपमा कानुन कार्यान्वयन निकायबाट अनुगमन हुने गरेको छ । 

फ्रान्सेली विशप सम्मेलनका अध्यक्ष एरिक डे मौलिन्स–ब्युफोर्टले बहालवाला विशप र पूर्वविशप, फ्रान्सेली न्याय वा चर्च अधिकारीहरूले अनुसन्धान गरेका विभिन्न घटनाहरूमा यौन दुव्र्यवहारका घटना अधिक भेटिएका बताएका छन् । बाल यौन दुव्र्यवहारका पीडितहरूलाई आर्थिक क्षतिपूर्तिको व्यवस्था पनि हुन थालेको उनले बताए । 

फ्रान्सको नेशनल इन्स्टिच्युट अफ हेल्थ एण्ड मेडिकल रिसर्चले बालबालिकामाथि हुने यौन दुव्र्यवहारका घटनाको अनुसन्धानमा पनि पीडितहरूको मानसिक स्वास्थ्यमा नकारात्मक नतिजा पाइएको छ । (रासस/एपी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक