2026-06-11

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधानको रक्षाका लागि गठबन्धन : अध्यक्ष दाहाल

कात्तिक २४, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७० वर्ष लडेर ल्याएको संविधानको रक्षाका लागि अहिलेको वाम–लोकतान्त्रिक गठबन्धन बनेको बताउनुभएको छ । गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले जनताको ठूलो बलिदानबाट बनेको संविधान लोकतन्त्रविरोधीबाट धरापमा परेपछि संविधान पक्षधर एकै ठाउँमा उभिएको बताउनुभयो ।  


“यो गठबन्धन हामीले प्राप्त गरेको उपलब्धिको रक्षा गर्नुको साटो भत्काउने कोसिस गरेपछि त्यसको रक्षाका लागि बनेको हो”, अध्यक्ष दाहालले भन्नुभयो, “अझै पनि बेलाबेलामा प्रतिगामी, यथास्थितिवादी शक्तिले टाउको उठाउने प्रयास गरिरहेका छन् ।”

उहाँले सबै उत्पीडित आदिवासी जनजातिको पक्षमा लडेर ल्याएको अधिकार कुनै हालतमा गुम्न नदिने बताउनुभयो । “हामीले लडेर महिला, आदिवासी, जनजाति र पिछडिएका वर्गको अधिकार स्थापित गरेका छौँ, म ती अधिकार खोस्न कुनै हालतमा दिन्न, भोट माग्न मात्र आफू गोरखा आएको नभई विकास गतिलाई तीव्रता दिन पनि आएको हुँ”, उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालले उत्पीडितको अधिकारको कुरा गर्दा केही उग्रवादीले जातीय साम्प्रदायिकता फैलाउने षड्यन्त्र गरिरहेको आरोपसमेत लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधि सभाको बैठक सूचना टाँसेर २ बजेसम्म स्थगित विभिन्न देश पठाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनद्वारा सपथ ग्रहण धादिङको गल्छीमा माइक्रो र कार ठोक्किदा ७ जना घाइते स्रोत, समय र अपेक्षाको चापका बीचमा बजेट ल्याइएको छ: अर्थमन्त्री वाग्ले कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्छ भन्ने हाम्रो अडान कायम छ : वर्षमान पुन प्रतिनिधिसभा बैठक मंगलबारका लागि सारियो हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित प्रधानमन्त्रीको मुखबाट निस्किएको कुरा उहाँको मुखबाट सच्याउन पर्छ: हर्क साम्पाङ शुक्रबारदेखि हराएका बालक पोखरीमा मृत फेला करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी