भदौ ३०, काठमाडौं । नाकाबन्दीपछी नेपाल भारतसँग रुष्ट बनेकोप्रति भारत जानकार छ । त्यसो त आजै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारत भ्रमणमा जाँदैछन ।  यसै क्रममा ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, काठमाडौं । नाकाबन्दीपछी नेपाल भारतसँग रुष्ट बनेकोप्रति भारत जानकार छ । त्यसो त आजै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारत भ्रमणमा जाँदैछन ।  यसै क्रममा ने"/>
२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

नेपाललाई फकाउन भारतले नयाँ रणनीति बनाएको भारतीय मिडियाद्वारा खुलाशा

३० भाद्र २०७३, बिहीबार ०४:०३

भदौ ३०, काठमाडौं । नाकाबन्दीपछी नेपाल भारतसँग रुष्ट बनेकोप्रति भारत जानकार छ । त्यसो त आजै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारत भ्रमणमा जाँदैछन ।  यसै क्रममा नेपाल र भारतबीच के–कस्ता सम्झौता होलान् भन्ने आम चासोको विषय बनेको छ  ।

नेपालको तर्फबाट प्रधानमन्त्री दाहालले दिर्घकालिन महत्वका विषयमा आफूले कुनै सन्धी सम्झौता नगर्ने प्रष्ट पार्दै आएपनी भारतीय संचार माध्यमले त्यस बिषयको नयाँ  खुलाशा  गरेको छ । प्रधानमन्त्री दाहालको भारत भ्रमणका बारे भारतीय संचारमाध्यमले पनि बिभिन्न अड्कलबाजी गरेका छन् । आज भारतीय प्रख्यात संचार मध्यम दैनिक जागरणले ‘संविधान मुद्दामा प्रचण्डबाट चाँडो फैसलाको अपेक्षा’ शीर्षकमा समाचार प्रकाशित गर्दै नेपालको संविधानबारे भारतको दृष्टिकोण प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा अवगत गराइने जनाएको छ ।

सो पत्रिकाले लेखेको छ, ‘नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणका क्रममा संविधान संशोधनको तयारीसँग कुनै सम्बन्ध नभएको बताइरहे पनि संविधान संशोधनमा उनलाई आफ्नो विचार राख्न भारतले रत्तिभर हिच्किचाहट राख्ने छैन ।’  


त्यस्तै नवभारत टाइम्सको समाचारमा लेखेको छ कि मोदी सरकारले नेपाललाई यस्तो अफर दिनसक्छ कि पुर्व-पश्चिम रेल्वे लाइन बनाउन नेपाललाई भारतले मद्धत गर्नेछ । 

समाचारलाई आधार मान्ने हो भने भारतले चीनलाई ‘साइज’ मा ल्याउन नेपालसँगको सम्बन्धलाई अहिले रणनीतिक रुपमा महत्व दिएको छ । ‘नेपाललाई लोभ्याएर चीनलाई इन्काउन्टर गर्नेछ भारत’ शीर्षक समाचारले नै भारतको उद्देश्यलाई धेरैहदसम्म उजागर गरेको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ