भदौ ३०, काठमाडौं । नाकाबन्दीपछी नेपाल भारतसँग रुष्ट बनेकोप्रति भारत जानकार छ । त्यसो त आजै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारत भ्रमणमा जाँदैछन ।  यसै क्रममा ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, काठमाडौं । नाकाबन्दीपछी नेपाल भारतसँग रुष्ट बनेकोप्रति भारत जानकार छ । त्यसो त आजै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारत भ्रमणमा जाँदैछन ।  यसै क्रममा ने"/>
2026-06-25 10:55 PM
काठमाडौँ - KTM

नेपाललाई फकाउन भारतले नयाँ रणनीति बनाएको भारतीय मिडियाद्वारा खुलाशा

भदौ ३०, काठमाडौं । नाकाबन्दीपछी नेपाल भारतसँग रुष्ट बनेकोप्रति भारत जानकार छ । त्यसो त आजै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारत भ्रमणमा जाँदैछन ।  यसै क्रममा नेपाल र भारतबीच के–कस्ता सम्झौता होलान् भन्ने आम चासोको विषय बनेको छ  ।

नेपालको तर्फबाट प्रधानमन्त्री दाहालले दिर्घकालिन महत्वका विषयमा आफूले कुनै सन्धी सम्झौता नगर्ने प्रष्ट पार्दै आएपनी भारतीय संचार माध्यमले त्यस बिषयको नयाँ  खुलाशा  गरेको छ । प्रधानमन्त्री दाहालको भारत भ्रमणका बारे भारतीय संचारमाध्यमले पनि बिभिन्न अड्कलबाजी गरेका छन् । आज भारतीय प्रख्यात संचार मध्यम दैनिक जागरणले ‘संविधान मुद्दामा प्रचण्डबाट चाँडो फैसलाको अपेक्षा’ शीर्षकमा समाचार प्रकाशित गर्दै नेपालको संविधानबारे भारतको दृष्टिकोण प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा अवगत गराइने जनाएको छ ।

सो पत्रिकाले लेखेको छ, ‘नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणका क्रममा संविधान संशोधनको तयारीसँग कुनै सम्बन्ध नभएको बताइरहे पनि संविधान संशोधनमा उनलाई आफ्नो विचार राख्न भारतले रत्तिभर हिच्किचाहट राख्ने छैन ।’  


त्यस्तै नवभारत टाइम्सको समाचारमा लेखेको छ कि मोदी सरकारले नेपाललाई यस्तो अफर दिनसक्छ कि पुर्व-पश्चिम रेल्वे लाइन बनाउन नेपाललाई भारतले मद्धत गर्नेछ । 

समाचारलाई आधार मान्ने हो भने भारतले चीनलाई ‘साइज’ मा ल्याउन नेपालसँगको सम्बन्धलाई अहिले रणनीतिक रुपमा महत्व दिएको छ । ‘नेपाललाई लोभ्याएर चीनलाई इन्काउन्टर गर्नेछ भारत’ शीर्षक समाचारले नै भारतको उद्देश्यलाई धेरैहदसम्म उजागर गरेको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ