2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनोसामाजिक अपाङ्गता भएकाको मताधिकार सुनिश्चिताको माग

कात्तिक २६, काठमाडौँ | आसन्न मङ्सिर ४ गते हुने आमनिर्वाचनमा  मनोसामाजिक अपाङ्गता भएका व्यक्तिले अन्य व्यक्ति सरह समान रूपले प्रतिनिधित्व गर्न पाउने वा मत दिने वातावरण नभएको भन्दै प्रदेश निर्वाचन अधिकृत होमनाथ पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । सो सम्बन्धमा इन्द्रराज सुवेदी, कल्याणबन्धु वाग्लेसहितको टोलीले विभिन्न कानुन निर्देशिका लगायतमा भएको विभेदकारी प्रावधानका कारण मनोसामाजिक अपाङ्गता भएकाहरु मताधिकार एवं उम्मेदवार हुने अधिकारबाट वञ्चित हुनु परेको जनाउँदै शुक्रबार यहाँ ध्यानाकर्षणपत्र बुझाउनु भएको हो ।

प्रचलित ऐन, नियम, नियमावली तथा निर्देशिकाहरूमा मानसिक सन्तुलन ठीक नभएको व्यक्ति चुनावी प्रक्रियामा भाग लिई मतदान गर्न र उम्मेदवार हुन अयोग्य छन् भनी किटान गरिएकाले यस अवस्थामा व्यक्तिहरुले आफ्नो अधिकार उपभोग गर्नबाट वञ्चित भएकाले यसलाई संशोधन गर्नुपर्ने उहाँहरुको माग छ ।

संविधानको प्रस्तावनामा सामाजिक न्याय सुनिश्चितता गर्ने समानुपातिक समावेशी सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गरिएको भएपनि विभेदकारी कानुनले यस अवस्थाका व्यक्ति मताधिकारबाट वञ्चित हुनु परेको सुवेदीले बताउनुभयो । 

उहाँले उल्लिखित ऐनमा व्यवस्था गरिएका मानसिक समस्या वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई आफ्नो मताधिकार प्रयोग वा उम्मेदवार बन्नबाट रोक लगाउने बुँदाहरू हटाउनुपर्ने माग ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको बताउनुभयो । प्रदेश निर्वाचन अधिकृत पराजुलीले निकै पहिलेदेखि नै उठिरहेको यस विषय महत्वपूर्ण रहेको जनाउँदै  कसैको आत्मसम्मानमाथि चोट पुग्ने र मताधिकारबाट वञ्चित हुने कार्यलाई रोक्न सक्दो पहल गर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक