२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्राण्डीका डाक्टरद्वारा दाइजोको नाममा श्रीमतीमाथि यातना, मधेसी आयोगद्वारा प्रहरीलाई पत्राचार

२०७९, २७ कार्तिक आईतवार ०७:४७

कात्तिक २७, काठमाडौँ | राजधानीको ग्राण्डी अस्पतालमा कार्यरत एक डाक्टरले आफ्नो श्रीमतीलाई चरम यातना दिएको घटना सार्वजनिक भएको छ । डाक्टर पंकच चौधरीले आफ्नी श्रीमती नेहामाथि यातना दिएको सार्वजनिक भएसँगै मधेसी आयोगले घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।

महोत्तरीको औरही निवासी पी नेहा चौधरीको घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई तुरुन्त कानुनी दायरामा ल्याउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको मधेसी आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  आयोगका अध्यक्ष डा विजयकुमार दत्तले तराई मधेशमा दाइजोले गर्दा घरेलु हिँसाको समस्या यथावत रहेको र आयोगमा सोसँग सम्बन्धित विभिन्न उजुरीहरु आउने गरेको बताए । 


सो समस्याहरूप्रति आयोग गम्भीर रहेको उनको भनाइ छ । अध्यक्ष डा.दत्तले सोचमा परिवर्तन र चेतनाको स्तर वृद्धि नभए सम्म यस्ता समस्याहरूले समाजमा कयौं चेलीबेटीहरू यातनाको शिकार बन्ने कुरा डरलाग्दो रहेको समेत बताए । 

करिब ८ महिना पहिले महोत्तरीको रामगोपालपुर घर भएको डा पंकज चौधरीसँग विवाह भएको थियो । नेहा चौधरीलाई दाइजोको नाममा श्रीमान र उनको परिवारले शारीरिक तथा मानसिक यातना दिएको उजुरी आयोगमा परेको छ । नेहाले सो घटना सामाजिक संजालमा पनि सार्वजनिक गरेकी छन् ।

" मेरो बिहे भएको ८  महीना भयो पंकच चौधरी संग। हाम्रो विहे पहिला प्रेम र सामाजिक परम्पराद्वारा भएको थियो।  मेरो घर औराही महोत्तरीमा हो र मेरो ससुराली रामगोपालपुर महोत्तरीमा हो। 

विवाह भएको केही दिन मात्र बितेको थियो, मलाई मेरो श्रीमान , सासु र नन्दहरुले गाली र अभद्र व्यवहार गर्न थाले। म दुःख सुख गरी बसिरहेको थिए। मेरो श्रीमान काठमाडौँ बस्नु हुन्छ, ग्राण्डी अस्पतालमामा काम गर्नु हुन्छ। मलाई नि आफू संग राख्नु भन्ने  बित्तिकै मलाई पटकपटक कुटपिट गर्नु हुन्थ्यो । 

May be an image of 3 people and people standing

म सहन नसकेर थानामा गए, मलाई गंभीर हुने गरी पिटेर मेरो आमालाई आफनो छोरी लैजाउ भनी खबर मेरो ससुराबा ले गर्नु भयो! म ३ दिन हॉस्पिटलमा भर्ना भइ जॉच गराए। त्यसपछी थानामा निबेदन दिए! थानामा मेरो श्रीमान ४ दिन पछी उपस्थित हुनुभयो, उपस्थित हुना  साथ म यस्लाइ  राख्दिन, घर छिर्न दिन्न भन्नू भयो ।  उहाँ थानामा  २ दिन बस्नु भयो । तरपनी पावर लगाएर निस्कनु भो। त्यसपछी पनि मलाइ अत्याचार भै रह्यो। सहन नसकेर मैले  घरेलू हिंसाको मुदाको दर्ता गराए! तर त्यहि दिन ४ गते वहाले डिवोर्स मुदा  दर्ता गरेर मलाई घर छिर्न दिनु भएन ।  मलाई अंश दिनू पर्छ  डिभोर्स  हुदा भनी वहाले आफ्नो सम्पूर्ण सम्पत्ति घर सहित छोरीहरुलाई बकस गरीदिनु भयो । मलाई वहाको सम्पत्ति वा अंश चाहिएको हैन।  म बिहे गरेको सङै बाच्न मर्नको लागि हो ।  उहाँहरुले मलाई बार बार कुटपीट नगरोस भनेर म महिला थानामा गएको तर मलाइ न्याय मिलेन कतै बाट !

मेरो बिहेमा उनिहरुको इच्छा अनुसार सुन २० तोला, फर्निचर  लगायत अन्य सामानको लागि १ करोड २५ लाख को खर्च भयेको थियो! विवाह सम्पन्न भएको केही दिन पछी नै वहाले मलाइ काठमाडौँमा घर किन्ने भन्न थाल्नु भाको थियो । तेहि सबको कारण नि मलाई घरमा कुटपीट गर्नु हुन्थ्यो । घरमा सासु र नन्दहरुकै  कुरा चल्ने भएकोले मेरो श्रीमान उनिहारूले भन्ने  बीतिकै मलाई कुटिहाल्ने गर्नुहुन्थ्यो ।  कुट्पिट भएर  पेटमा चोट लगेको कारण पिसाबद्वारा रगत जान थालेको छ ।  मैले मेरो सासु ससुरालाई भने तर  केही वास्ता गर्नु भएन ।  मलाइ धेरै गारो भाको छ बाच्न! " उनले लेखेकी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन