१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाहुना आएका मामाको हत्या आरोपमा भान्जा पक्राउ

२८ कार्तिक २०७९, सोमबार ०५:१७

कात्तिक २८, काठमाडौं | पाहुना आएका मामाको हत्या आरोपमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । 

आइतबार राति उर्लाबारी नगरपालिका वडा नम्बर ८ स्थित कल्पना पाचकोटीको घरमा पाहुना आएका पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ बस्ने  ४२ वर्षीय काजी मोहराको हत्या भएको हो।


हत्या गरेको अभियोगमा प्रहरीले उनका भान्जा २२ वर्षीय सुजन पाचकोटीलाई नियन्त्रणमा लिएको छ। घरायासी बादविवादको क्रममा २७ कात्तिक साँझ उर्लाबारी ८ घर भएका भान्जा सुजनले मामा काजीलाई  धारिलो हतियार टाउकोमा प्रहारगरि घाइते बनाएका थिए ।

उनको उर्लाबारी मंगलबारे स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टरमा उपचारका क्रममा २८ कार्तिक बिहान १ बजे मृत्यु भएको थियो ।  मामाको मृत्यु भएपछि भान्जा सुजनलाई इलाका प्रहरी उर्लाबारीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको मोरङ प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन