३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१ सय २५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल भारत प्रस्थान

३० भाद्र २०७३, बिहीबार ०६:१९


भदौ ३०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणका लागि बिहिबार दिल्ली प्रस्थान गरेका छन् । 

प्रधानमन्त्री बिहीबार बिहान साढे ११ बजे नेपाल वायु सेवा निगमको फ्लाइट नम्बर आरएनए २०५ मार्फत भारत प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले सलामी दिएर विदाई गरेको छ । 

प्रधानमन्त्री दाहाललाई विदाई गर्न सभामुख, उपप्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ व्यक्तिहरू सहभागी थिए । प्रधानमन्त्रीको भ्रमण टोली १ सय २५ सदस्यीय रहेको छ। टोलीका ४८ सदस्य सरकारी र अरू निजी खर्चमा जान लागेका हुन् । 

परराष्ट्रमन्त्री प्रकाशशरण महतलगायत भ्रमण टोलीका १५ सदस्यीय कोर टोली राष्ट्रपति भवनमा बस्नेछन् । अन्यलाई होटल ताजमा राखिने बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी भारतको राजकीय भ्रमणमा गएका हुन् । सबै कार्यक्रम सम्पन्न गरेर प्रधानमन्त्री दाहाल आगामी असोज २ गते स्वदेश फर्कीनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट