कात्तिक २९ काठमाडौँ | आज देशका विभिन्न स्थानमा सामान्य वर्षा र हिमपातको सम्भावना छ। आज लगायत आगामी तीन दिन देशका विभिन्न स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ ।

साथै बुधबार र बिहीबार पनि देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भू-भागका एक वा दुई स्थान हल्का हिमपातको संभावना रहेको विभागको बुलेटिनमा जनाइएको छ।
केही स्थानमा वर्षा र हल्का हिमपातको संभावना रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। साथै तापक्रम क्रमिक रुपमा घट्दै जाने हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।