भदौ ३०, विराटनगर । नेकपा (एमाले)का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीको भारत भ्रमण सफल र सुखद होस् भन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, विराटनगर । नेकपा (एमाले)का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीको भारत भ्रमण सफल र सुखद होस् भन"/>
2026-06-25 08:54 PM
काठमाडौँ - KTM

प्रधानमन्त्रीको भ्रमण सफल होस्: नेपाल

2016-09-15

भदौ ३०, विराटनगर । नेकपा (एमाले)का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीको भारत भ्रमण सफल र सुखद होस् भनेर शुभकामना व्यक्त गरेका छन् । 

प्रेस चौतारी मोरङद्वारा आज बिहान विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस भ्रमणको माध्यमबाट दुवै देशबीच आपसी विश्वासमा बढोत्तरी, विगतमा भएका सन्धि सम्झौतालाई अगाडि बढाउन र राष्ट्रिय स्वाभिमानलाई उचाइमा पुर्याउपर्ने आवश्यकतामाथि जोड दिए । 

छिमेकीहरुसँग पारिस्परिक विश्वास र एकअर्काको संवेदनशीलताको नीतिलाई बुझ्ने मुलुकको नीतिरहेको चर्चा गर्दै नेता नेपालले भने– “ठूला राष्ट्रको कर्तव्य साना राष्ट्रको संवेदनशीलतालाई बुझ्ने र भावनामा चोट नपर्याउनु हो ।” 

मुलुक अन्तिम सङ्क्रमणकालबाट गुज्रिरहेको उल्लेख गर्दै उनले देशलाई सङ्कटमा नपार्नका लागि तीनवटै निर्वाचन गराउनुपर्ने, कानुन निर्माण गर्नुपर्ने र संविधानलाई कार्यान्वयन गराउनका लागि दलहरुबीच एकता आवश्यक रहेको सुझाव दिए । 

नेता नेपालले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सुरक्षा नीति, परराष्ट्र नीति, आर्थिक विकास र सुशासनका लागि यी चार आधारभूत विषय आवश्यक रहेको जानकारी गराए । 

पुनःसंरचना आयोगले गाविसलाई समेटेर ल्याउन लागेको गाउँपालिका, नगरपालिका र महानगरपालिकाको अवधारणा गलत भएको भन्दै नेता नेपालले भने– “सो कारणले जिल्ला कमजोर हुने र सर्वसाधारण जनतालाई सास्ती हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ