१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करिश्माले फेरि फेसबुकमा राखिन् निहारिका र शिवराजका अन्तरंग तस्बिर

२९ कार्तिक २०७९, मंगलवार ०९:५४

कात्तिक २९, काठमाडौँ | नायिका करिष्मा मानन्धरले पुनः एकपटक निहारिका राजपुत र शिवराज श्रेष्ठको अंतरंग तस्बिर सेयर गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा मानन्धरले आज बिना कुनै टिप्पणी निहारिका र उनका आरोपी शिवराज श्रेष्ठका दुई वटा तस्बिर पोष्ट गरेकी हुन् ।

निहारिकाको मुद्दामा डीएनए परीक्षणपछि उनले जन्माएको बच्चा शिवराजको भएको पुष्टि भइसकेको छ । तर, आफूमाथि शिवराजले बलात्कार गरेर बच्चा जन्मिएको दाबी निहारिकाले गर्दै आएकी छन् । बलात्कारसम्वन्धी मुद्दा जनकपुर उच्च अदालतमा विचाराधीन छ । करिश्माले अहिले विना सन्दर्भ तस्बिरहरू राखेपछि आलोचनात्मक प्रतिक्रियाहरू आएका छन् ।


निहारिका र शिवराजको एउटा तस्बिर करिश्माले आफ्नो फेसबुक अकाउन्टको कभर फोटो नै बनाएकी थिइन् । एक मिनेटपछि कभर फोटो परिवर्तन गरिन् । तर, त्यसपछि फेरि अर्को फोटो पोष्ट गरिन्, जसमा निहारिका र शिवराज एउटै ओछ्यानमा सुतेका छन् । करिश्माले केहीबेरपछि दुवै तस्बिर हटाइन् ।

 निहारिका अनसनमा बसेपछि नायिका मानन्धरले उनलाई आफ्नै घरमा आश्रय दिएकी थिइन् । तर पछि निहारिकाको विषयमा आफ्नो बुझाई गलत भएको र आरोपमा सत्यता नरहेको भन्दै मानन्धरले निहारिका र शिवराजका केही प्रेमिल तस्वीरहरु साझा गरेकी थिइन् । तीव्र आलोचनापछि उनले ती तस्बिर हटाइन् । त्यसपछि निहारिकाले आपत्ति जनाउँदै मानन्धरको घरबाट निस्किएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन