१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोरखा २ : हेभिवेटका बीच एमालेका मियाँ मुख्य प्रतिस्पर्धी

३० कार्तिक २०७९, बुधबार १२:०८

कात्तिक ३०, गोरखा | प्रायः जसो निर्वाचनमा गोरखा चर्चामै रहन्छ । यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि यो जिल्ला चर्चामा छ । मङ्सिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाअन्र्तगत गोरखा क्षेत्र नं २ बाट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वाम–लोकतान्त्रिक गठबन्धनको साझा उमेदवारका रूपमा चुनावी मैदानमा उत्रिनुभएसँगै गोरखा फेरि एक पटक चुनावी चर्चामा छ ।

पूर्वसहकर्मी तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले २०६४ र २०७४ को निर्वाचनमा सहजै जित निकाल्नुभएको यस क्षेत्रमा उहाँकै प्रस्तावमा अध्यक्ष दाहाल चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । विसं २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि सो क्षेत्रबाट माओवादी उम्मेदवार विजयी भएका थिए । माओवादी केन्द्रले आफ्नो बलियो जानाधार रहेको मान्दै आएको यस क्षेत्रमा गठबन्धनको साझा उमेदवारका रूपमा अध्यक्ष दाहाल चुनावी प्रतिस्पर्धामा उत्रिँदै गर्दा उहाँको मुख्य प्रतिस्पर्धीका रूपमा नेकाप (एमाले) का उमेदवार अब्दुस मियाँ अगाडि आउनुभएको छ । 


कुल एक लाख पाँच हजार २४० मतदाता रहेको उक्त क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले पालिका प्रमुखमा २३ हजार ३४६ मत प्राप्त गरेको थियो । नेपाली कांग्रेसले २२ हजार ८४४ र नेपाल समाजवादी पार्टीले आठ हजार ९३ मत पाएको थियो । गत निर्वाचनमा एमालेले यस क्षेत्रमा पालिका प्रमुखमा पाँच हजार २७१ मत मात्र पाएको थियो । 

स्थानीय तह निर्वाचनमा गोरखा क्षेत्र नं २ मा वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा ५४ हजार २८३ मत झरेको देखिएको छ । क्षेत्र नं २ का पालुङटार नगरपालिका, गोरखा नगरपालिका, अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकामा माओवादी केन्द्रले पालिका प्रमुख जितेको छ भने सिरानचोक गाउँपालिका कांग्रेस विजयी भएको छ । 

दश वर्षे सशस्त्र द्वन्द्वको नेतृत्व गर्नुभएका अध्यक्ष दाहाल दुई पटक प्रधानमन्त्री भइसक्नुभएको छ । राष्ट्रिय राजनीतिको केन्द्रमा रहँदै आउनुभएका अध्यक्ष दाहालको प्रतिस्पर्धाीका रूरुमा विपक्षी एमालेले मियाँलाई अगाडि सारेको छ । बलियो गठबन्धन र राष्ट्रिय राजनीतिमा स्थापित नेताको उम्मेदवारीले प्रतिस्पर्धी मियाँलाई छायाँमा पारेको छ । सो क्षेत्रमा मत सङ्ख्याको हिसाबले माओवादी पहिलो, कांग्रेस दोस्रो, डा भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी तेस्रो र एमाले चौथो शक्तिका रूपमा रहेका छन् । 

यस पटकको निर्वाचनमा आफूहरू जित्ने मात्रै भन्दा पनि नयाँ कीर्तिमान कायम गर्ने गरी चुनावी मैदानमा होमिएको अध्यक्ष दाहालको चुनावी नेतृत्व गर्नुभएका माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिराज अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अधिकतम कति मतान्तरमा चुनाव जित्न सकिन्छ भन्ने हो ।”

अध्यक्ष दाहाल यस क्षेत्रबाट निर्वाचित हुँदा गोरखामा विकास हुने भएकाले पनि यहाँका मतदाता उहाँलाई विजयी गराउन उत्सुक देखिएको अधिकारीको भनाइ छ । “गोरखाको विकास र समृद्धिको पक्षमा रहेका सबै पार्टीका नेता, कार्यकर्ता र आमजनतामा अध्यक्ष दाहालसँग ठूलो अपेक्षा छ” उहाँले भन्नुभयो, “गोर्खाली जनता राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा समेत स्थापित दाहाललाई जिताएर गोरखाबाट राष्ट्रिय एकता, शान्ति र समृद्धिको सन्देश दिन चाहन्छन् ।”

क्षेत्र नं २ मा निर्वाचन परिचालनको जिम्मेवारी सम्हाल्नुभएका एमाले गोरखा जिल्ला अध्यक्ष प्रेम गुरुङ आफ्नो पार्टीको निर्वाचन जित्ने आधार जनता नै भएको दाबी गर्नुहुन्छ । “हाम्रो निर्वाचन जित्ने मुख्य आधार जनता नै हो”, उहाँले भन्नुभयो, “सही नीति, कार्यक्रम र व्यवहारका कारण एमालेले निर्वाचन जित्छ ।” परिस्थिति सुहाउँदो उम्मेदवार प्रस्तुत गरेकाले पनि एमालेले निर्वाचन जित्ने अध्यक्ष गुरुङको भनाइ छ । उहाँले एमालेप्रति जनताको अगाध माया र सद्भाव रहेको तथा सरकारको नेतृत्वमा रहँदा गरेको योगदानका कारण पनि गोरखा २ मा गठबन्धनलाई पराजित गरिने दाबी गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन