2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोरखा २ : हेभिवेटका बीच एमालेका मियाँ मुख्य प्रतिस्पर्धी

कात्तिक ३०, गोरखा | प्रायः जसो निर्वाचनमा गोरखा चर्चामै रहन्छ । यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि यो जिल्ला चर्चामा छ । मङ्सिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाअन्र्तगत गोरखा क्षेत्र नं २ बाट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वाम–लोकतान्त्रिक गठबन्धनको साझा उमेदवारका रूपमा चुनावी मैदानमा उत्रिनुभएसँगै गोरखा फेरि एक पटक चुनावी चर्चामा छ ।

पूर्वसहकर्मी तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले २०६४ र २०७४ को निर्वाचनमा सहजै जित निकाल्नुभएको यस क्षेत्रमा उहाँकै प्रस्तावमा अध्यक्ष दाहाल चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । विसं २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि सो क्षेत्रबाट माओवादी उम्मेदवार विजयी भएका थिए । माओवादी केन्द्रले आफ्नो बलियो जानाधार रहेको मान्दै आएको यस क्षेत्रमा गठबन्धनको साझा उमेदवारका रूपमा अध्यक्ष दाहाल चुनावी प्रतिस्पर्धामा उत्रिँदै गर्दा उहाँको मुख्य प्रतिस्पर्धीका रूपमा नेकाप (एमाले) का उमेदवार अब्दुस मियाँ अगाडि आउनुभएको छ । 


कुल एक लाख पाँच हजार २४० मतदाता रहेको उक्त क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले पालिका प्रमुखमा २३ हजार ३४६ मत प्राप्त गरेको थियो । नेपाली कांग्रेसले २२ हजार ८४४ र नेपाल समाजवादी पार्टीले आठ हजार ९३ मत पाएको थियो । गत निर्वाचनमा एमालेले यस क्षेत्रमा पालिका प्रमुखमा पाँच हजार २७१ मत मात्र पाएको थियो । 

स्थानीय तह निर्वाचनमा गोरखा क्षेत्र नं २ मा वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा ५४ हजार २८३ मत झरेको देखिएको छ । क्षेत्र नं २ का पालुङटार नगरपालिका, गोरखा नगरपालिका, अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकामा माओवादी केन्द्रले पालिका प्रमुख जितेको छ भने सिरानचोक गाउँपालिका कांग्रेस विजयी भएको छ । 

दश वर्षे सशस्त्र द्वन्द्वको नेतृत्व गर्नुभएका अध्यक्ष दाहाल दुई पटक प्रधानमन्त्री भइसक्नुभएको छ । राष्ट्रिय राजनीतिको केन्द्रमा रहँदै आउनुभएका अध्यक्ष दाहालको प्रतिस्पर्धाीका रूरुमा विपक्षी एमालेले मियाँलाई अगाडि सारेको छ । बलियो गठबन्धन र राष्ट्रिय राजनीतिमा स्थापित नेताको उम्मेदवारीले प्रतिस्पर्धी मियाँलाई छायाँमा पारेको छ । सो क्षेत्रमा मत सङ्ख्याको हिसाबले माओवादी पहिलो, कांग्रेस दोस्रो, डा भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी तेस्रो र एमाले चौथो शक्तिका रूपमा रहेका छन् । 

यस पटकको निर्वाचनमा आफूहरू जित्ने मात्रै भन्दा पनि नयाँ कीर्तिमान कायम गर्ने गरी चुनावी मैदानमा होमिएको अध्यक्ष दाहालको चुनावी नेतृत्व गर्नुभएका माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिराज अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अधिकतम कति मतान्तरमा चुनाव जित्न सकिन्छ भन्ने हो ।”

अध्यक्ष दाहाल यस क्षेत्रबाट निर्वाचित हुँदा गोरखामा विकास हुने भएकाले पनि यहाँका मतदाता उहाँलाई विजयी गराउन उत्सुक देखिएको अधिकारीको भनाइ छ । “गोरखाको विकास र समृद्धिको पक्षमा रहेका सबै पार्टीका नेता, कार्यकर्ता र आमजनतामा अध्यक्ष दाहालसँग ठूलो अपेक्षा छ” उहाँले भन्नुभयो, “गोर्खाली जनता राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा समेत स्थापित दाहाललाई जिताएर गोरखाबाट राष्ट्रिय एकता, शान्ति र समृद्धिको सन्देश दिन चाहन्छन् ।”

क्षेत्र नं २ मा निर्वाचन परिचालनको जिम्मेवारी सम्हाल्नुभएका एमाले गोरखा जिल्ला अध्यक्ष प्रेम गुरुङ आफ्नो पार्टीको निर्वाचन जित्ने आधार जनता नै भएको दाबी गर्नुहुन्छ । “हाम्रो निर्वाचन जित्ने मुख्य आधार जनता नै हो”, उहाँले भन्नुभयो, “सही नीति, कार्यक्रम र व्यवहारका कारण एमालेले निर्वाचन जित्छ ।” परिस्थिति सुहाउँदो उम्मेदवार प्रस्तुत गरेकाले पनि एमालेले निर्वाचन जित्ने अध्यक्ष गुरुङको भनाइ छ । उहाँले एमालेप्रति जनताको अगाध माया र सद्भाव रहेको तथा सरकारको नेतृत्वमा रहँदा गरेको योगदानका कारण पनि गोरखा २ मा गठबन्धनलाई पराजित गरिने दाबी गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक